back
CTIZAN AD

हाइकु\सेन्युहरु

वि.सं.२०७८ असार २६ शनिवार

990 

shares

१.
धानको गाभा
रोपाहार बाउसे
असारे गीत ।
२.
मानव जुनी
अमूल्य छ निसानी
धर्तीको काख ।
३.
कोरोना युग
आतंकित भो विश्व
भय संत्रास ।
४.
मायाको चिनु
खसमको हातमा
लगेर दिनु ।
५.
दिलको घाउ
अदृश्य हुन्छ पीडा
जीवन बोध ।
६.
समान हक
महिला र पुरुष
नमान धक ।
७.
मेला र पर्म
झमझम बर्षात
मीठो उमङ्ग ।
८.
मधुर बोली
हृदयद्धार खोल्छ
सभ्यता घोली ।
९.
प्रेमको मात
नआउनु नजिक
रुझेको बेला ।
१०.
भान्साको काम
दिनभरको जाम
पाइन्न दाम ।

 

 

वि.सं.२०७८ असार २६ शनिवार ०६:३९ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...