back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ असार २६ शनिवार

1.7K 

shares

१.
एउटा बोल्यो भने अर्कै सुनिदिन्छन्
नरम आवाज पनि चर्कै सुनिदिन्छन्
सायद हेर्ने आँखै खोटी भएर होला,
स्वर्गको बयान पनि नर्कै सुनिदिन्छन् ।
२.
जस्ले छल्छ उहि बल्छ यो कस्तो समाज हो
राम्रो गर्ने छिनमै गल्छ यो कस्तो समाज हो
सोझो साझो मिहेनतीलाई खुट्टा तान्ने कति
शोषकीको हुकुम चल्छ यो कस्तो समाज हो ।
३.
गाई चराउदै बेसी झर कुरा काट्नु भन्दा
या त बसी राख घर कुरा काट्नु भन्दा
बिदेशी आलु,प्याज मगाई खानु भन्दा त
बरु त्यसकै खेति गर कुरा काट्नु भन्दा ।।
४.
नजिक नबस न हुदैहुन्न भन्छौ
तिम्रो हातपाउ भो धुन्न भन्छौ
भन कसरी घरवार चल्छ जव,
बिबाह भै सक्यो तर छुन्न भन्छौ ।
५.
सक्दो तर्केर गन्ध लुकाउँछन्
उल्टो फर्केर गन्ध लुकाउँछन्
यहाँ सँधै दुर्गन्धित काम गर्नेहरु
अत्तर छर्केर गन्ध लुकाउँछन्

वि.सं.२०७८ असार २६ शनिवार ०६:४१ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...