१
महामारीले स्कुल बन्द भयो
मोबाइल र टिभीमा व्यस्त बाबुनानी
दिन दिनै सिकाई मन्द भयो
२
आफैले किताब पढ्न जान्दैनन् तिनले
न त सैद्धान्तिक न ज्ञान हुने भो व्यवहारिक
घरायसी काम गर्न मान्दैनन् तिनले
३
कति बाबुआमालाई त ज्ञान छैन
कसरी दिन बिताईरहेछन् बालबच्चाले
शिक्षितहरुलाई पनि ध्यान छैन
४
बालबालिका विच हिमचिम बढी हुन्छ
शिक्षकले पढाएनन् भन्छन् सरोकारवालाले
यो बेलामा स्कुल खोलौ जोखिम बढी हुन्छ
५
अब त शिक्षाको जिम्मेवारी लेउ सरकार
स्कुल कलेज खुलाएर जोगाउन शैक्षिक क्षति
शिक्षक बिद्यार्थीलाई खोप देउ सरकार
वि.सं.२०७८ असार २६ शनिवार ०६:४३ मा प्रकाशित






























