२७ असार, काठमाडौं । कवि महेशराज खरेलको कविता संग्रह ‘मनको किरण’ बिमोचन गरिएको छ ।
शुक्रबार साहित्यसुधा नेपालको जुम तथा फेसबुक लाईभ कार्यक्रम मार्फत आषाढ २५ गते गरिएको विमोचन कार्यक्रममा साहित्य सुधा नेपालका अध्यक्ष कल्पना काफ्लेको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्ता र प्रा.डा.गोविन्दराज भट्टराईको बिशिष्ठ आतिथ्यता रहेको थियो ।
कवि खरेलको बिमोचित कृतिमा प्राज्ञ डा हेमनाथ पौडेलले समीक्षा गरेका थिए । साथै डा. देबि नेपाल, डा.गिता त्रिपाठी, कलानीधी दाहाल, रमेश पोखरेल र नमुना प्रकाशन तथा अनुसन्धान केन्द्रकी अध्यक्ष कौशिला रिशालले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन ईन्दिरा दहालले गरेकी थिइन् ।
वि.सं.२०७८ असार २७ आइतवार २०:०१ मा प्रकाशित






























