back
CTIZAN AD

बालबालिकालाई प्रविधिसँग जोड्दै

वि.सं.२०७३ फागुन ५ बिहीवार

774 

shares

५ फागुन,बिर्तामोड । पछिल्लो समयमा राजनीतिक दलले समाजमा रचनात्मक तथा नौलो काम गरेर देखाउन थालेका छन् ।

हालै मात्र नेपाली काँग्रेसले मेचीनगरका मुलुकमै पहिलो पटक स्वास्थ्य महोत्सव गरी जनतालाई निःस्वार्थ रुपमा सेवा प्रदान गरेको थियो । लगत्तै नेकपा (एमाले)ले पनि मेचीनगरमै फरक खालको कार्यक्रम गर्ने योजनामा छ, त्यो हो बाल उत्सव ।

एमाले झापा क्षेत्र नम्बर १ ले झापाको धुलाबारीमा बाल उत्सव आयोजना गर्ने तयारी थालेको हो । उत्सवले यतिबेला मेचीनगरमा एउटा नयाँ तरङ्ग ल्याएको छ । किनकि विश्व प्रविधिसँग यहाँका बालबालिकालाई उत्सवले जोड्ने प्रयास गरेको छ ।
यो उत्सवले यस क्षेत्रमा रहेका विद्यार्थीलाई सहभागी गराएर प्रविधिबारे ज्ञान दिन लागेको छ । तीन दिने यो उत्सव धुलाबारीमा फागुन ९, १० र ११ गते आयोजना गरिने भएको हो ।

‘शिक्षा र स्वास्थ्य बालअधिकार, आजका बालबालिका भविष्यका आधार’ भन्ने नाराका साथ बाल उत्सव गर्न लागिएको हो । बाल उत्सव मूल आयोजक समितिका संयोजक विष्णु प्रसाईंले बालबालिकालाई नयाँ उचाइका साथ सिकाइको नयाँ चरणमा प्रवेश गराउन उत्सव आयोजना गरिएको बताउनुभयो । बालबालिकामा अध्ययनप्रति अभिरुचि जगाउने उत्सवको मुख्य उद्देश्य हो ।

“समृद्ध नेपाल निर्माणका लागि सक्षम र योग्य नागरिक पहिलो सर्त हो,” उहाँले भन्नुभयो – “उत्सवमा पहँुच बाहिर रहेका बालबालिकालाई एउटै थलोमा राखेर शिक्षा दिन लागेका हौँ ।”
पठन संस्कृति र हाम्रो अभ्यास, अभिभावक शिक्षा र विद्यालय, बालमैत्री शासन व्यवस्था, नेपालको संविधान र बालअधिकार तथा वैदेशिक रोजगार बाल मनोविज्ञानका विषयमा गम्भीर बहस हुने आयोजक समितिका सचिव चेतन विष्टले बताउनुभयो । ती विषयमा विज्ञ तथा विशेष व्यक्तिले आ–आफ्नो प्रस्तुति दिने छन् ।

त्यस्तै बाल महोत्सवमा विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी तारामण्डल प्रदर्शनी तथा नृत्य, सामान्य ज्ञान, चित्रकला, कविता प्रतियोगितालगायत मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । तारामण्डल प्रदर्शनीमा दुई हजार विद्यार्थीलाई निःशुल्क अवलोकन गराइने आयोजकले जनाएको छ । त्यस्तै, साना नानीका लागि बाल उद्यान तथा खेलकुद सञ्चालन गरिने छ ।

यसैगरी उत्सवमा २० जना विभिन्न क्षेत्रका अगुवाले आफ्नो बाल्यकालका बारेका अन्तक्र्रिया गर्ने छन् । उत्सवका लागि करिब रु १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
एमाले सांसद रविन कोइरालाले बालबालिकाको सर्वाङ्गीण विकास गर्ने हेतुले बृहत् बाल महोत्सवको परिकल्पना गरिएको बताउनुभयो । रासस

वि.सं.२०७३ फागुन ५ बिहीवार ११:१० मा प्रकाशित

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...