back

राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना

वि.सं.२०७३ फागुन ६ शुक्रवार

507 

shares
GLOBAL IME AD
NTC AD

६ फागुन, भक्तपुर । नेक्सस क्रिक्रेट एकेडेमीले नेक्सस कप अण्डर १६ अन्तर एकेडेमी टी ट्वान्टी राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

ीवहिबार भक्तपुरमा एकेडेमीले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिता मूल आयोजक समितिका संयोजक भरतकुमार शाहीले प्रतियोगिता लिग तथा नकआउटका आधारमा सञ्चालन हुने बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा देशभर रहेका निजी तथा सामुदायिकस्तरबाट सञ्चालित क्रिक्रेट एकेडेमी तथा क्लबमध्येबाट ३२ टिमका ४४८ खेलाडीको सहभागिता रहने बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु एक लाख ५० हजार नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र, द्वितीय हुनेलाई रु एक लाख नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

त्यसैगरी म्यान अफ द सिरिजलाई रु २० हजार, इमरजिङ खेलाडीलाई रु १५ हजार, उत्कृष्ट बलरलाई रु १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई रु १० हजार नगदसहितको पुरस्कार प्रदान गरिने बताउनुभएको छ ।

कुल रु ५८ लाखको लागतमा सम्पन्न हुने प्रतियोगितामा कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण भएका व्यक्तिमात्र सहभागी हुन पाउनेछन् ।

प्रतियोगिता आगामी चैत १५ देखि वैशाख ५ गतेसम्म भक्तपुरको सैनिक आवासीय उमाविको खेलमैदानलगायत तीन ठाउँमा खेल हुने प्रतियोगिताका सहसंयोजक विजयकुमार शर्माले जानकारी दिनुभयो ।

वि.सं.२०७३ फागुन ६ शुक्रवार ०३:१५ मा प्रकाशित

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको...

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले...

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल...

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन...

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी...