back
CTIZAN AD

राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना

वि.सं.२०७३ फागुन ६ शुक्रवार

858 

shares

६ फागुन, भक्तपुर । नेक्सस क्रिक्रेट एकेडेमीले नेक्सस कप अण्डर १६ अन्तर एकेडेमी टी ट्वान्टी राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

ीवहिबार भक्तपुरमा एकेडेमीले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिता मूल आयोजक समितिका संयोजक भरतकुमार शाहीले प्रतियोगिता लिग तथा नकआउटका आधारमा सञ्चालन हुने बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा देशभर रहेका निजी तथा सामुदायिकस्तरबाट सञ्चालित क्रिक्रेट एकेडेमी तथा क्लबमध्येबाट ३२ टिमका ४४८ खेलाडीको सहभागिता रहने बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु एक लाख ५० हजार नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र, द्वितीय हुनेलाई रु एक लाख नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

त्यसैगरी म्यान अफ द सिरिजलाई रु २० हजार, इमरजिङ खेलाडीलाई रु १५ हजार, उत्कृष्ट बलरलाई रु १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई रु १० हजार नगदसहितको पुरस्कार प्रदान गरिने बताउनुभएको छ ।

कुल रु ५८ लाखको लागतमा सम्पन्न हुने प्रतियोगितामा कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण भएका व्यक्तिमात्र सहभागी हुन पाउनेछन् ।

प्रतियोगिता आगामी चैत १५ देखि वैशाख ५ गतेसम्म भक्तपुरको सैनिक आवासीय उमाविको खेलमैदानलगायत तीन ठाउँमा खेल हुने प्रतियोगिताका सहसंयोजक विजयकुमार शर्माले जानकारी दिनुभयो ।

वि.सं.२०७३ फागुन ६ शुक्रवार ०३:१५ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...