
असार २८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदापलले गरेको फैसउला इतिहासकै महत्वपूर्णं घटना भएको बताएका छन् । सोमबार अदालतको फैसलाबारे सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले जनताको जित भएको बताए ।
‘पटक–पटकको संसद विघटन, पटक–पटक संविधान, लोकतन्त्रमाथी भएको प्रहारबाट आम नेपाली जनता आजित भएको स्थिति थियो, त्यसकारण यो जनताको जितको रुपमा अगाडि आएको देख्छु’, प्रचण्डले भनेका छन्, ‘यो इतिहासमै महत्वपूर्ण परिघटनाको रुपमा रहने छ र इतिहासले यसलाई सम्मान गर्ने छ ।’
उनले प्रधानन्यायाधीश र सबै न्यायाधीशले संविधान, राष्ट्रको गरिमालाई उचो बनाएको बताए । ‘उहाँहरुले संविधान, राष्ट्रको गरिमालाई उचो बनाउनुभयो, र न्यायलयको गरिमालाई पनि उचो बनाउनुभयो, त्यसैले उहाँहरु बधाईको पात्र हुनुहुन्छ’, उनले भनेका छन् ।
‘माधव नेपाल गठबन्धनमै हुनुहुन्छ’
प्रचण्डले गठबन्धनको सरकार बन्ने र गठबन्धन चुनावसम्मै जाने पनि बताएका छन् । सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेका छन्, ‘संविधानवादको रक्षा, लोकतन्त्रका मुल्य मान्यताको रक्षा र राष्ट्रियताको रक्षा भनेर हामी गठबन्धनमा अगाडि बढेका थियौं’, प्रचण्डले भनेका छन्, ‘अब गठबन्धनकै सरकार बन्छ र सरकार मात्रै नभएर हामी अलि परसम्म यो गठबन्धनमार्फत राष्ट्र र जनताको हितमा समर्पित भएर लाग्ने हाम्रो प्रतिबद्धता हो ।’
लामो नै सोंच बनाएर गठबन्धन बनाएको हुनाले लामो समयसम्म नै जाने उनले बताए ।
एमालेमा भएको १० बुँदे सहमतिका सन्दर्भमा माधव नेपाल नै असहमत देखिएको भन्दै उनले नेता नेपालसँग सहकार्य हुने कुरामा विश्वास देखाए ।