back
CTIZAN AD

एकलौटी रुपमा अगाडि नबढ्न प्रधानमन्त्रीलाई गठबन्धनका शीर्ष नेताहरुको आग्रह

वि.सं.२०७८ असार ३१ बिहीवार

696 

shares

३१ असार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई एकलौटी रुपमा अगाडि नबढ्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार अपरान्ह बसेको बैठकमा नेताहरुले उक्त आग्रह गरेका हुन् ।

छलफलमा सहभागी दलका शीर्ष नेताहरूले एकलौटी रुपमा अगाडि नबढ्न, संवाद गरेर मात्र सबै विषयमा निर्णयमा प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनीहरुले प्रधानमन्त्री देउवालाई नेपाली जनताको अपेक्षा ठूलो रहेको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती नदोहोर्याउन सुझाव दिएका थिए ।

उक्त छलफलमा सत्तारुढ गठबन्धनले हालसम्मको राजनीतिक घटनाक्रमको समीक्षा गरेको छ । बैठकमा सरकार सञ्चालनलगायत विभिन्न विषयमा केन्द्रित रहेर छलफल गरिएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

नेताहरुले सबै नेपाली जनतालाई चाँडै भ्याक्सिन उपलब्ध गराउन फास्ट ट्रयाकमा काम गर्न सरकारलाई सुझाव दिएका थिए । साथै उनीहरुले बाढी पहिरोले पु¥याएको क्षति बारे बुझेर छिटो राहत पु¥याउने विषयमा सरकार गम्भिर हुन सुझाव दिएका थिए ।

प्रधानमन्त्री देउवाले गठबन्धनको निर्णयलाई आत्मसाथ गरेरै अघि बढ्ने प्रतिबद्धता जनाएको महामन्त्री खड्काले जनाए ।

उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफू सहभागी नभएपनि उनको पक्षबाट डा. विजय पौडेल सहभागी थिए । त्यस्तै बैठकमा बैठकमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का पनि उपस्थित थिए ।

(तस्विर : पुष्पकमल दाहाल प्रचण्डको सचिवालय)

वि.सं.२०७८ असार ३१ बिहीवार २०:४० मा प्रकाशित

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको प्रवाह कम...

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

ललितपुर । नेपाली कांग्रेसले आज २०८३ भदौ १० गते बुधबार...

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । रसुवामा आज बिहान आएको बाढीको अवस्थाबारे छलफल गर्न...

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रिया पठाइदिन्छु...

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

काठमाडौं । रसुवामा अचानक आएको अत्यन्त ठूलो बाढीका कारण स्याफ्रुबेसीसहितका...

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवा र...