Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

पानी ल्याउने विषयमा स्थानीयवासीको विरोध



६ फागुन,भोजपुर । सिलिचुङ खानेपानी मूल उपभोक्ता समिति भोजपुरले भैँसीपङ्खा गाविसबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् ।

भोजपुर सदरमुकाममा पानी वितरणको नाममा आफूहरुलाई मार परेकाले आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका अध्यक्ष देउप्रकाश राईले जानकारी दिनुभयो ।

सोही पानी भोजपुर ल्याउनका लागि विभिन्न चलखेल भइरहेको र स्थानीयवासीको हितविपरीत समितिले प्रक्रिया अगाडि बढाएको उनीहरुको आरोप छ । आन्दोलनअन्तर्गत बिहीबार सदरमुकाममा विरोध जुुलुस र आज सम्बन्धित निकायमा धर्ना कार्यक्रम रहेको जनाएको छ ।

सिलिचुङ खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष नवीन प्रधानले व्यक्तिको जग्गामा रहेको मुहान किन्नका लागि प्रक्रिया अगाडि बढाउँदा स्थानीयवासीमा भ्रम परेको बताउनुभयो ।

आफूहरु स्थानीयवासीको विरुद्धमा नरहेको समेत स्पष्ट पार्नुभयो । भोजपुर सदरमुकाममा खानेपानीको दीर्घकालीन आपूर्तिका लागि समितिले पछिल्लो समयमा पानीको स्रोत र स्थान पहिचानसमेत गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम