६ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक आह्वान गरेका हुन् ।
बैठकले मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट पठाउने नामबारे छलफल गर्ने बताइएको छ। साथै संगठनात्मक विषयमा लिन बारे पनि छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा माओवादी केन्द्रका दुई मन्त्री असार २९ मा सामेल भैसकेका छन् । आजको बैठकले सरकारमा सामेल हुने थप मन्त्रीहरुको नाम बारे निर्णय गर्ने जनाइएको छ ।
वि.सं.२०७८ साउन ६ बुधवार ०८:४२ मा प्रकाशित






























