पहिलो अङ्क
(दिउँसो –३ बजेतिर–शहरको घर ।
ठूलो चौडा कोठा । मेच, टेबिल यताति छितरिएका छन्, भित्तामा टाँसिने गरी आलमारीहरु राखिएका छन । भित्तामा खाली भागहरुमा ठूला–ठूला तस्वीरहरु झुण्ड्याइएका छन् जसमा क्राइष्ट, बुद्ध, गान्धी छन् । दर्शकको देब्रे भागको एक कुनामा एउटा साधारण टेबिलमाथि केही पुस्तकहरु, पत्रिका, अखबार र कापीहरु छितरिएका छन् । त्यससँगको मेचमा अहिले ‘प्रतिमा’– जसको उमेर १९÷२० जतिको छ, बसेकी छन् । छरिती, पातली गोरी–गोरी, केही होचो उनको शरीरको बनौट छ । उनी अहिले पढ्दैछिन् ।)
प्रतिमा–(किताव पढ्न रोकिएर, ढोकातिर हेरी) मुसु मुसु !आ, आ !
(तर कोही भित्र पस्तैन, अनि किताब उठाएर फेरि पढ्न थाल्छे ।)
(नेपथ्यबाट–‘प्रतिमा, तिमि त्यहाँ हो’ भन्ने आवाज आउँछ ।)
छु दिदी पढ्न लागिरहछु –के म त्यहाँ आउन आउनुप¥यो ?
(केही आवाज आउँदैन, तर उर्मिला भित्र पस्छे । उसको उमेर ‘प्रतिमा’ को भन्द बढी देखिन्छ, र जो बिरामी जस्ती पनि छ, प्रतिमाको नजिक आएर मेचमा बस्छे ।)
उर्मिला–(बस्दै) दाइ आज कहाँ जानुभएकोे, तिमिलाई थाहा छ ?
प्रतिमा–तपाईलाई औषधि लिन र चोक सफा गर्ने बन्दोबस्त गर्न होला !–किन ?
उर्मिला–(आवेशमा) मलाई बाँच्न मन लागेन । म बाँच्तिन !–म बाँच्तै बाँच्तिन ।ंंंंं…… माथि भाउज्यू कराइहनुभएको छ दाइ भान्छा गर्न आउनु भएन भनेर, उहाँ भातै नखाई कुरिरहनुभएको छ ।मैले कतिचोटी भनेँ –‘खानोस’! तर उहाँ खानै हुन्न, म के गरुँ ? (प्रतिमा केही नबोली किताबै हेरिरहेकी हुन्छे ।) तिम्रो जाँच छ क्यारे, हैन ?पढ म जान्छु । (उठ्न मेचमा चलमलाउछे ।) म बाँचेर के गरुँ ? म बाँचेर के फाइदा भो ।
प्रतिमा–(हाँसेर) दिदी, साँच्चै भन्नोस् – आज तपाईले के सपना देख्नुभो ? त्यही त देख्नुभएन ?
उर्मिला–आज क्यै देखिन ! बरु, तिमि भनिदेऊ दाइलाई ! म दाइलार्ई क्यै पनि भन्न सक्तिनँ–म उहाँसँग क्यै भन्न पनि सक्तिन । मलाई दाइ त्यसरी मायाँ गर्नुहुन्छ, म कसरी भनुँ ? बरु तिमी भनिदेऊ–मेरो निम्ति क्यै गर्नु पर्दैन भने र म बाँचेर फाइदा के ?
प्रतिमा–त्यसो त कोही पनि बाँचेर फाइदा छैन । संसारबाट मानिसहरु भुसुक्कै भएर निख्रिए पनि के भो र । दिदी ! म नै बाँचेर फाइदा के छ भन्नोस् ? म विधवा (हाँसेर) तै पनि म पढिरहेछु, बाँच्न चाहन्छु ।
उर्मिला–(जुरुक्क उठेर) मैले कसैलाई कहिलेपनि भनिनँ, मैले तिमिलाई पनि भन्या छैन–तिम्रो भिनाजु थाहा पायौ ?‘कहिले पनि फर्केर आउनुहुन्न ।–मैले सपना देखेको सबै झुटो कुरा गरेकीं, तिम्रो भिनाजु….. म बाँच्तिन ।’
प्रतिमा–दिदी, दिदी ! कसरी तपाई यसो भन्न सक्नुहुन्छ । म ठोकेर भन्छु–‘भिनाजु फर्कनुहुन्छ । कसैले उहाँलाई कलकत्तामा देखे कसैले कानपुर, कसैले कता कता ।
उर्मिला–त्यो सबै झुटो हो ! कसैले पनि उहाँँलाई देख्या हैन ! मेरो मनमा सन्तोष होस् भनेर सबैले फर्माएको, मलाई थाहा छ । म यस्तै कुरामा कति दिन बहलिरहँु कति दिन झुन्डिरहुँ ?
प्रतिमा–के शङ्करदास–दाइलाई पनि पत्याउनुहुन्न, तपाईँ ?
उर्मिला–(हाँस्न खोज्दै) उल्लाई त झन पत्याउन्नँ । उ त लेख्ने मानिस, लेखक । अर्काको मन चोरी चोरी कथा रच्ने मानिस ! उल्ले झन् झुटो बोलेको हुन सक्छ । उल्ले देखेकै छैन । मलाई आएर एक दिन भन्यो ‘गेरुवा लगाएर जोगी जस्तो भएको छ ।’तिमिहिरुलाई भन्यो–‘सुट टाई लगाएर हिँडिरहेको थियो । अब तिमि आफैं भन, यो के झुटो कुरा हैन ?’ तिमी कुन कुरालाई पत्याउँछ्यौ ? मैले त्यसै पत्याइदिँए । उ मेरो मनलाई शान्ति दिन चाहन्छ ! म पनि भुलभुलैयामा बस्न चाहन्छु । शङ्करदास सम्झन्छ‘मैले राम्ररी पत्याएँ’ भनेर त कसैलाई ठगेर फाइदा के छ ? (झर्केर बत्तिन्छे )
प्रतिमा–दिदी, हेर्नाेस् त ….. तपाईलाई…..
उर्मिला– म पनि किन तिम्रो भिनाज्यू फर्के आएको मात्रै कल्पना गरेर बसिरहन्छु ?–किन त्यस्तै सपनामात्रै देखेर रमिरहन्छु ? के यो अनौठो हैन ? सँधै ढोका घचघचाउन आउँछ, ढोका खुल्छ । उहाँ खाटमा बस्न आउनुहुन्छ र मलाई कानमा सुटुक्क भन्नुहुन्छ –‘म आएँ ।’ म झसङ्ग बिउँझन्छु । आज छ वषैदेखिन् यही यौटा सपना,अर्काे सपना देखेँ भने मलाई डर लाग्छ, पाप लाग्छ । थाहा छ तिमीलाई ?
उहाँलाई मैले मुर्दा भएको, जलाएको पनि सपना देख्याछु । म रोएँ, छटपटाएँ–बिउँझदाखेरी डर लाग्यो !म तिमीकहाँ आएँ, सुतेँ । कहिले थाहा छ –अस्ति । तिमीले सोध्यौ – ‘के भयो दिदी ?’ मैले तिमीलाई भनेँ–‘तिम्रो भिनाज्यू आउनुभो ।’ तिमी हाँस्यौ । अहँ, अब म बाँच्तिनँ (निस्कन उठेर ढोकातिर जाँदाजाँदै) म मरेको दिनमा उहाँ आइपुग्नुभो भने ?
प्रतिमा–दिदी, तपाईँ कहिलेकाँही अनौठो कुरा गर्नुहुन्छ( उठेर) मेरो‘मुसु’ कहाँ गएछ !–अहिलेसम्मन् पनि यहाँ पसेन ।
(उर्मिला निस्कन्छे । प्रमिा ढोकानिर पुगेकी हुन्छे ।लतिमान भित्र पस्छ । गहुँगोरो, २५÷२६ को लगभग उमेर ।)
अहो ! तपाई आइपुग्नुभएछ । बस्नोस्, म ‘मुसु’ लाई लिएर आउँछु ।
ललित– तिमीलाई त सँधै ‘मुसु’ को नै ध्याउन्ना रहन्छ । ‘मुसु’ ले तिम्रो ध्याउन्ना गरेको छैन, तिमिलाई थाहा छ ?
प्रतिमा–पर्खनोस्, यसको जवाफ पछि फर्के दिउँला ।
(निस्कन्छे । ललितमान आएर मेचमा बस्तछ । कापी पल्टाएर पढ्न थाल्छ । नेपथ्यमा–‘मुसु मुसु’ भन्दै प्रतिमाले कराइरहेको आवाजको साथै मुसु(सानो कुकुर) बोकेर प्रतिमा भित्र पस्तछे ।)
प्रतिमा–(पस्दै) लौ सोध्नोस् अघिको प्रश्न ! हाम्रो मुसुले जवाफ दिन्छ । ‘मुसु’, लौ मलाई माया गर्छौ गर्दैनौ, जवाफ देऊ त उहाँलाई ।
ललित– शायद यो सनो कुकुरले पनि मनुष्य–भाषालाई सिकिरहेछ क्यारे ।
प्रतिमा–(नजिकै आएर) पर्खनोस् त्यो कापी नपढ्नोस् ।
ललित–(कापी समाएर नै) हैन, यसमा त्यस्तो के लेख्याछौ र ? मैल त केही पनि देखिनँ ।
प्रतिमा–बेश भयो, त्यसो भए राखिदिनोस् । ‘मुसु’ ले मात्रै बुझ्छ त्यो कुरा, मानिसले बुझ्दैन , कसो ‘मुसु’ ? (मुसु भुक्न थाल्छ) लौ हेर्नाेस्, सही थाप्यो कि थापेन ? लौ पढ्नुहोस् भनेको । तपाईलाई पढ्न उत्सुकता लाग्यो ?
ललित–उत्सुकता ! जहाँ निशेध हुन्छ, त्यहाँ उत्सुकता लाग्नु स्वभाविक छ । तर मलाई उत्सुकता लागेन । किनभने तिमिलाई नै मैले राम्ररी पढे पछि तिम्रो लेखले मलाई आकर्षणै गर्देन ।
प्रतिमा–त्यसो भए तपाईँले मलाई पढिसक्नुभो ? के पाउनुभो त ममा ?म मुर्दाकी स्वास्नीमा ?
ललित–मुर्दाकी स्वास्नी ?
प्रतिमा (हाँसेर) म मुर्दाकी स्वास्नी त हुँ नि । विधवा भनेपछि ‘मुर्दाकी स्वास्नी’ हैन ? (हाँस्न थाल्छे) यो कुरा मैले अरुलाई भन्दा आश्चर्य चकित भैरहे, ‘मुर्दाको पनि कहीँ स्वास्नी हुन्छ रे !’ मैले भने –हुन्छ’ । म लाशसँग हरदम उठ्छु । ध्यानमा सँधै लाशैलाई ल्याइरहन्छु । लाश मेरो निम्ति जिउँदै छ–जिउँदो मानिस भन्दा पनि जिउँदो । म यसरी आफ्नो पतिव्रता धर्मलाई सुरक्षित गरिरहिछु । यसो गरिनँ भने म नैतिक विधवा भएँ कसरी ? यसो भन्दा सबै जना मरीमरी हाँस्छन् । अहिल्यै तपाईँ हाँसिसक्नु–भो । मुर्दा, मेरो पोई’ । लौ ‘मुसु’ हो कि हैन ? यसमा हाँस्ने कुरा नै के छ र ? तपाईँले भन्नुभो ‘मलाई पढिसकेँ’ ! लौ भन्नोस् के पाउनुभो ?
ललित –तिमी आफूलाई ज्यादै ठग्न सक्छ्यौ ।
प्रतिमा–अहँ, तपाईले मलाई पढ्न सक्नु भएनछ । म आफूलाई भन्दा अरुलाई ठग्न सक्छु । यहाँतपाई असफल हुनुभो ।
ललित–अरुलाई ठग्ने तिमीमा सामथ्र्य नै छैन
(नेपथ्यमा केही आवाज आउँछ)
प्रतिमा–पर्खनोस्, को आयो ? को हँ त्यहाँ ?
(नेपथ्यबाट ‘नानी, म दाइ । दाइ आउनुभो ?’)
भाउज्यू दाइ आउनुभएको छैन । ललितमानजी आउनुभएको । (एकछिन् चुप लागेर) लौ नपढ्नोस् भनेको कापी ! त्यसमा मैले मनमा बिझेका, मनमा लागेका कुराहरु कोरिराख्या छु । मलाई नै पढिसकेपछि, फेरि किन पढ्नुप¥यो त्यो ?
ललित– तिमीले रमाइलो कुरा लेख्यारहिछौ । ‘मलाई महिलेकाँही मरिसकेर आफ्नो लाशलाई आफुले हेरिरहेजस्तो लाग्छ ।’ –साँच्ची तिमीलाई यस्तो लाग्छ ?
प्रतिमा–पर्खनोस्, बाहि भाउज्यू घुमिरहनुभएको जस्तो छ । ….. तपाईँले कहिले ख्याल गर्नुभएको छ ? तपाई जब जब पस्नहुन्छ भाउज्यू तलमाथि ओहोरदोहोर गरिरहनुहुन्छ । उहाँलाई चयनै हुन्न कि !…..
ललित –अँ मलाई त कहिल्यै लागेन ।
प्रतिमा–तपाईलाई थाहा छ–विधवाहरुप्रति सधवा या अरु मानिसहरुको के धारणा हुन्छ ?..
तपाईलाई थाहा छैन, यो कुरा ‘मुसु’ लाई थाहा छ । ‘मुसु’ बराबर दूध चोर खाइदिन्छ, भाउज्यू रिसाउनुहुन्छ–मुसु चोरेर लुकेर म कहाँ आइपुग्छ । बस् यही धारणा हुन्छ । थाहा पाउनुभो ? कुनै विधवा पनि मानिसलाई सद्दे सच्चरीत्र लाग्दैन, र मलाई पनि आफूमाथि आफैंलाई विश्वासलाग्दैन । एक्लै बस्दा मानिसको मति बिग्रन सक्छ सक्तनै र ? अब बुझ्नुभो मेरो कुरा ?–‘मुसु, ए मुसु’(मुसुलाई म्वाइँ खान्छे) मुसुले मात्र बुझ्छ मेरो कुरा । लौ, नभुकेकोहेर–(हैन भनेर’। )
ललित–(कापी हेर्दे)‘म सबभन्दा प्यारो चीजलाई घृणा गर्छु, र सबैभन्दा घिनलाग्दो कुरालाई माया गर्छु’– यो के लेखेको ?
प्रतिमा–तपाईले मलाई ‘पढिसकेर’ भनेको हुनाले मात्रत्यो कापी पढ्न दिएको । यसरी प्रश्न सोधिरहने हो भने थपक्क राखिदिानोस् कापी । (अग्रसर बन्दै) लौ भन्नोस् जेजति कोहीलेख्छ, त्यसको अर्थ हुन्छ ? के अर्थ नहुने कुरा लेखिँदैन ?(हाँसेर) मेरो कुराको केही अर्थ हुन्न !(किनकी मेरो आफ्नै अर्थ छैन । (मुसुलाई भैँमा राखिदिन्छे ।)
ललित–(कापीलाई थपक्क टेलिबमाथि राखेर) तिम्रो जाँच त नजिकै आयो हैन ?
प्रतिमा–हो, त जाँच हेर्नाेस् कहिलेकाँही मलाई लाग्छ–म किन पढुँ ? केका निम्ति ? तपाई भन्नुहोला पढेपछि मानिस मानिस बन्नसिक्छ । यो कुरा तपाईँले मलाई धेरैचोटी भनिसक्नुभो –(कुकुरतिर आँखा खोज्दै) लौ मुसु त भागिसकेछ । अब त्यो
दूधचोर्न गयो होला ।
ललित–तिमीलाई साँच्चै–‘घिनलाग्दो कुराको माया लाग्छ ?’
प्रतिमा–विशेष ! झन् बढ्ता माया लाग्छ । मेरो मगज त बिग्रेन ? (हाँस्न थाल्छे) मैले, आफ्नो पोइलाई लाश भइसकेर पनि त्यसरी माया गरेपछिसबभन्दा घिनलाग्दो संसारमा ‘लाश’ न हो । !–घिनलाग्दो कुरालाई माया गरिनँ त ? म बाँचेका जतिलाई घृणा गर्छु–मरेकालाई प्यार । बुझ्नुभो मेरो कुरा । सुन्नेहरु साँच्चै हाँस्छन्, हाँस्दैनन् त ? तर मलाई हाँसो उठ्दैन !किनकी यो त मेरो धर्म, कर्तव्य । (एकछिन् चुप लाग्छे ।) मलाई पठाउनोस् तपाईँ–त्यसै त भाउज्यू सशङ्कित हुनुहुन्छ–यसरी गफ चुटिरहन थालेपछि–कतिले कुरा काटेका छन्, थाहा छ तपाईलाई ? ‘तपाई र म एकै कोठामा बसेर पढ्छौं रे, बस्छौं रे ! विधवालाई किन पढ्नुप¥यो ? –यो बहाना त हैन । साँच्ची, मलाई पनि लाग्छ–म पनि बहाना त गरिरहेको छैन ! पढेर के गर्छु म ?
ललित –हेर, प्रतिमा–म यस्तो कुराहरुको कहिल्यै पर्वाह गरिन । तिमीलाई पनि शङ्का लाग्छ भने–मलाई आश्चर्य लाग्छ, मानिस कसैको भद्रतामाथि किन विश्वास गर्दैनन् ?
प्रतिमा–तपाई क्षुब्ध हुनुभो ।– लौ, भैहाल्यो, छोड्नोस । ब पढौ । (किताव हातमा लिएर) मेरो जिन्दगीमा यस्तै भइरहेछ –म जे चिजलाई बढ्ता माया गर्छु–त्यसको मरण भएको छ –मेरो उहाँ खस्नुभो–यसैले किम उहाँलाई बढ्ता माया गर्थेँ ! मेरो बिरालो म¥यो–किनकी त्यसलाई पनि उत्तिकै माया गर्थेँ, अब त्यो मुसु । हरौं यसको हालत के हुन्छ –एउटा प्रयोगै सही ।
ललित–कहिलेकाँही तिमी अत्यन्त केटाकेटी कुरा गर्छ¥यौ –यसलाई प्रयोग भन्ने ?
प्रतिमा–प्रयोग त हो नि । यसैले केही चीजलाई पनि बढता म मन पराउन्नँ, घृणा गर्छु ।मैले मन पराउने बित्तिकै साँच्ची जे चीजको पनि अन्त भएको छ । (हाँसेर) मैले घृणा गरे त बाँच्ला कि ?–म यसैले
तपाईलाई घृणा गरुँ ? तपाई धेरै कालसम्मन् बाँच्नुहुन्छ ।(हाँस्तछे)
ललित –तिम्रो अन्धविश्वास यसै भन्छभने घृणा गर । तिमीलाई विश्वास छ–साँच्ची, लौ भन, यस संसारमा कसैले कसैलाई प्रेम भन्छ्यौ ! मलाई सोध्छ्याँैभने, सुन–तिमी जति बढ्ता घृणा गर्न सक्छ्यौ, त्यत्तिकै यहाँ तिम्रो आत्माभिमानको सम्मु घुँडा टेक्छन् । तिमी माया गर, तिमी कमजोर र दुर्बल ठहरिन्छौ ।
प्रतिमा– त्यसो भए मेरो घृणा तपाईलाई स्वीकार छ ?
ललित–तिम्रो घृणा… ? आज तिमि पढ्दिनौ ? लौ तिमीलाई जे सोध्नुपर्छ सोध । फजुलमा समय किन खेर फलिरहौं ।
प्रतिमा–सब ना विश्वप्रेमको पाठ पढाउँछन् किन कोही विश्व घृणाको पाठ…. (किताब खोलेर हेर्दै) आज दाइ अहिलेसम्मन् आउनुभएको छैन । उहाँ आफ्नो धुनमा हुनुहुन्छ । तपाईलाई थाहा छ आज उहाँ कहाँ जानुभयो ?
ललित– अहँ ! लौ, पढ के ‘इकोनोमिक्स’ पढ्ने ? हिजो मैले कहाँसम्मन्….
प्रतिमा– एउटा कुरा सोधुँ तपाईलाई ? तपाई आफूप्रति निर्दयी हुन सक्नुहुन्छ ?
ललित– तिम्रो मगज आज के भइरहेछ, कस्तो–कस्तो कुरा गछ्र्यौ ।
प्रतिमा–म हुन सक्छु । (किताब पल्टाउँदै) आज दिदीले भन्नुभयो–‘उहाँले भिनाज्यूलाई‘मरेको, जलाएको देखेँ रे’ – भिनाज्यू फर्कनुहुन्न रे’ कस्तो ।
ललित–तिम्रो दिदीको रोगै त्यही हो ? अनिश्चितता !– उल्लाई विश्वासै छैन कि तिम्रा भिनाज्यू फकर््नछ !–तैपनि ‘फर्कन्छ’ भन्ने विश्वासमा जिन्दगी काट्न चाहन्छिन् । रोग !
प्रतिमा–त्यसरी जिन्दगी काट्नु एक किसिमको सुखमय छैन त ? चाहे त्यो सुख, भ्रमबाटै किन नआओस् । एउटा उदेश्य त छ जिउनुको ।
ललित–त्यो तिम्री दिदीलाई थाहा होला–सुख हो कि दुःख ।
प्रतिमा–मेरोचाँही उदेश्य छैन । (हाँसेर) तर हैन उदेश्य छ आफूलाई जति सक्यो उति चाँडो ला बनाउनु !–आफूलाई हत्या गर्नु पनि उदेश्य हो नि ! हैन त मैले आफूलाई निर्दयतापूर्वक कुल्चिदिनुपर्छ । त्यसो चए म किन पढुँ । (किताब फेरि पलटाएर हाँस्तै) आजभोलीको जाँच छ, म के ठट्टा गरिरहेकी हुँदा । तपाईलाई झर्काे लाग्यो होला । कस्तो प्रलाप भनेर । लौ अब म पढ्छु ! पहिले भ्हअजबलनभ नै पढुँ, द्यबलपष्लन हुन्न ? त्यो कापी नपल्टाउनो् न भनेको ।
ललित – कापी हातैमा लिएर) म तिम्रो कापी पल्टाउन्न ! तिमीलाई अघिनै भनिसकेँ– ‘मैले तिमीलाई छर्लङ्ग पढिसकेँ–भनेर । खालि मलाई यही थाहा पाउनु थियो कि …. लौ तिम्रो कापी ।(टेबिलमा थपक्क राखिदिन्छ )तिमीलाई ‘सती–प्रभा ठीकलाग्यो,हैन के ?
प्रतिमा–(हाँसेर) कहिलेकाँही निरर्थक कुराहरु लेखिँदैनन् र ? भैहाल्यो भन्नोस् !–अँ (किताबतिर हेर्छे)
ललित–तिमी ‘लाश’ लाई प्रेम गछ्र्यौ, जीवनलाई घृणा ।
प्रतिमा–म मन नपरेको घृणित वस्तुलाई प्रेम गर्छु, प्यारो वस्तुलाई घृणा । अँ Banking मा ।
(नेपथ्यमा आवाज आउँछ )क्रमशः ……………………