back
CTIZAN AD

उच्च अदालतका न्यायाधीश कागहरुको घेराउमा परेपछि…

वि.सं.२०७८ साउन ८ शुक्रवार

1K 

shares

नेपालको एक उच्च अदालतका न्यायाधीश आफु कागहरुको घेराउमा परेको खुलासा गरेका छन् । न्याय सम्पादनमा अब्बलता देखाउदै आएका र उदाहरणीय प्रयासहरु गरेका न्यायाधिश टेकनारायण कुंवरलाइ ‘मर्निग वाक’को बेला कागहरुले घेराउ गरेका हुन् ।

झटट पढदा र अनुमान गर्दा जतापनि सोच्न सकिने भएपनि उनले सो घटना मर्निग वाकको सत्य घटना नै भएको बताएका छन् ।

यस्तो छ उनको कथा :
आज बिहान मर्निग वाक हिंडिरहँदा अचानक एउटा यस्तो दृश्य देखियो, भोगियो जो मेरो मनमा धेरैबेरसम्म खेलिरह्यो। सडक माथि समानान्तर टाँगिएको बिजुलीको लट्ठामा लहरै केही कागहरु बसिरहेका थिए। चरा न हुन् यताउता चटपट गरिरहेका थिए। अचानक एउटा काग बिजुलीको लट्ठाबाट चिप्लियो। उसले बिजुलीको हाइभोल्टेज तार छुन पुग्यो। अनयासै उसलाई करेण्ट लाग्न गयो। उ पिच सडकमा नराम्ररी पछारिन पुग्यो अनि भूईंमा पखेटा फ्याटफ्याट गर्दै छटपटाइ रहेको थियो।

कथा अब शुरु भयो त्यहाँ…
अरु कागहरु चर्को स्वरमा रुन, कराउन थाले। आकासमा उड्दै कराउँदै गरिरहँदा कागका थप बथानहरु कहाकहाँबाट थपिए। एक्कै छिनमा सयौंको संख्यामा जम्मा भए। वाह ! कस्तो चरा एकता। कस्तो सहकार्य । आफ्नो परिवारको एक सदस्यलाई पिडा र आपत पर्दा कस्तो भावनात्मक अभिव्यक्ति ! एम्प्याथी ! हामी कथित सभ्य मानिस भनाउँदाहरुमा के होला र त्यस्तो एकता ? बरु एउटालाई परेको पिडामाथि उभिएर अट्टाहास गर्न रुचाउँछ यो मान्छे भन्ने प्राणीको दुष्ट हृदय।

चिच्याइ चिच्याइ रोइरहेका कागहरु ! तर के गरुन् बिचराहरुले। न अस्पताल न एम्बुलेन्स। निरुपाय ! केवल सहानुभूति। खाली छ त प्रार्थना छ उनीहरुको इश्वरसंग। हे भगवान ! हाम्रो साथीलाई बचाइदेउ भनेर।

एकताको शक्ति पहिचान भयो। एक्लैले आकास थाम्न सकिंदो रहेनछ भन्ने चेत खुल्यो मेरो आज।

उनीहरु घाइते कागको नजिकमा झुम्मिदै रहे। ठूलो कोलाहल मच्चियो त्यहाँ। मैले उभिएर हेरिरहें। कागहरुले मेरो उपस्थितिलाई कत्ति पनि रुचाएनन्। झन झन चर्को स्वरमा कराउन थाले तिनीहरु। यस्तो लाग्दथ्यो म त्यहाँबाट भागिहाल्नु उनीहरुको लागि सन्तोषको कुरा हुन्थ्यो। उनीहरुले मलाई अर्काको आन्तरिक मामलामा हस्तक्षेप गर्न आएको दुष्मनको रुपमा व्यवहार देखाए।

तर म भागिन। बरु सोचें कि यो करेण्ट लागेर अर्तनाद गरिरहेको चरालाई कहीं चरा उपचार गर्ने अस्पताल पुर्याउन पाए कस्तो हुन्थ्यो होलारु तर त्यस्तो उपचार गर्ने ठाउँको कुनै आइडिया फुरेन। जे पर्ला भनेर उसलाई सुमसुम्याउन घाइते नजिक के पुगेको थिएँ, कागको झुण्डले मलाई घेराउ गर्न थाले। कसैले मेरो क्याप थुतेर लगे। कसैले टुप्पीमा ठुँग्न थाले। कसैले आँखा नै झिक्लान जस्तो गरी आक्रमण गर्न थाले। सयौंको संख्यामा रहेका ती दुखित र आक्रोशित कागहरुको अगाडि म दुर्बल सावित भएँ। भलै मैले घाइते कागको उपचार गर्न आफ्नै मर्जीले हात अघि बढाएको थिएँ। तर कागहरुले मलाई आक्रमणकारी र शत्रु नै ठाने। उनीहरु एकजुट भएर मेरो विरुद्धमा उत्रिए। उनीहरुको नजरमा म हस्तक्षेपकारी थिएँ सायद। म प्रति वा मानिसप्रति कागहरुको कुनै विश्वास थिएन। यी मानव भनेका प्रकृतिको बिनासक हुन् भन्ने उनीहरुले राम्ररी बुझेका थिए।

कागहरुको बलियो एकताको अगाडि मेरो विशाल मानव स्वरुप बाउन्ने ठहरियो। म त्यहाँबाट कुनै तरहले आफ्ना आँखा जोगाएर अनि आफै ठुँगिनबाट जोगिएर भाग्न विवश भएँ। घाइते चरालई बचाउन सक्दो मदत गर्छु भनेर असल नियतले उभिएको भएपनि म एक्लै थिएँ। कागहरुले मेरो नियतमाथि शंका गरे। उनीहरुले मलाई तिनको घर फुटाउन आएको दुष्मन पो भनिरहे। यी कागहरुको प्रतिबद्धताका सामू म आफै नतमस्तक भएँ। अनि चराहरु, कागहरु नै सही ! एकताको शक्ति पहिचान भयो। एक्लैले आकास थाम्न सकिंदो रहेनछ भन्ने चेत खुल्यो मेरो आज।

वि.सं.२०७८ साउन ८ शुक्रवार ०८:२६ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...