साउन १०, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार १३ हजार ८३४ जनामा गरिएको परीक्षणमा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा २ हजार ५० जना संक्रमित निको पनि भएका छन् । मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएका मध्ये ९४.६ प्रतिशत निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।
वि.सं.२०७८ साउन १० आइतवार १७:५१ मा प्रकाशित






























