back
CTIZAN AD

माओवादी नेता पोखरेलले सुरु गरे हरित अभियान

वि.सं.२०७८ साउन १० आइतवार

606 

shares

१० साउन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी सिमिति सदस्य तथा प्रतिनिधि सभा सदस्य गिरीराज मणि पोखरेलले हरित अभियान सुरू गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका पोखरेलले पत्रकार सम्मेलन गरी शनिबार प्रदेश नं २ को महोत्तरी जिल्लाको गौशाला, बर्दिबास र भंगाहा नगरपालिकाबाट यो अभियान सुरू गरिएको जानकारी दिएका छन् ।

आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी उनले चुरे संरक्षणका लागि हरित अभियान चलाउने र पहिलो चरणमा तीन लाख विरुवा बृक्षारोपण गर्ने जानकारी दिएका हुन् ।

हरित अभियान संचालन समिति मार्फत सुरू गर्न लागिएकाे जानकारी दिँदै उनले हरित अभियानको प्रथम चरणमा ३ लाख बिरूवा वृक्षारोपण गर्ने प्रतिबद्धता गरिएको बताएका छन् । यसमा आबद्ध हुन चाहने सरोकारवाला संघ, संस्था, क्लब, समूहहरूलाई पनि यस अभियानमा जोडिन उनले आह्वान गरेका छन् ।

चुरे क्षेत्रमा बढिरहेको बन विनाश, अनियन्त्रित भू –उपयोग, अव्यवस्थित विकास निर्माण तथा अत्याधिक उत्खनन जस्ता मानवीय क्रियाकलापले गर्दा चुरेको वातावरणमा निरन्तर ह्रास आइरहेको र यसको प्रत्यक्ष असरले गर्दा तराईको उर्वर भूमिलाई मरूभूमिकरण गरिरहेको बताउँदै उनले प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण र ज्ञान केन्द्रको अवधारणाका कार्यक्रम संचालन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने जनाएका छन् ।

वातावरणीय समस्याहरूको समाधान गर्नका लागि सरकारी क्षेत्रबाट सम्भव नहुने बताउँदै यसको लागि सबै सरकारी, गैह्र सरकारी, निजी, नागरिक समाज, स्थानीय समुदाय, विद्यालयहरूले अभियान कै रूपमा लाग्ने समय भएको बताएका छन् ।

यस्तो छ हरित अभियान संचालन समितिको प्रेस बिज्ञप्ति

विषय : हरित अभियान सञ्चालन गर्ने सम्बन्धमा

विश्वव्यापी चुनौतीको रूपमा आइरहेको वातावरणीय समस्याका कारण हरेक समुदायहरूले भोग्नु परेको समस्याहरू विकराल हुँदै गइरहेको छ । विश्वभर नै जलवायु परिवर्तन आजको प्रमुख चुनौतीको रूपमा आएको बेला विकास र अर्थतन्त्र को परिकल्पना गर्न यसलाई उचित व्यवस्थापन गर्ने नीति अवलम्बन गर्नु नितान्त आवश्यक भएको छ । नेपालमा जलवायु परिवर्तनले गर्दा मनसुनी प्रणालीमा आएको फेरबदल र उत्पन्न भएन समस्या हरू सँग जुध्न विभिन्न तहबाट प्रयास आवश्यक भएको अवस्थामा, हरित अभियान एउटा मुख्य प्रयासको रूपमा समुदाय स्तरबाटै स्वतः स्फूर्त रूपमा सञ्चालन गर्न र स्थानीय सरकारको अपनत्व सुनिश्चित गर्नका लागि यो अवधारणाको विकास गरिएको हो । चुरे क्षेत्रमा बढिरहेको बन विनाश, अनियन्त्रित भू -उपयोग, अव्यवस्थित विकास निर्माण तथा अत्याधिक उत्खनन जस्ता मानवीय क्रियाकलापले गर्दा चुरेको वातावरणमा निरन्तर ह्रास भएको छ भने यसको प्रत्यक्ष असरले गर्दा तराईको उर्वर भूमिलाई मरूभुमिकरण गरिरहेको देखिन्छ । चुरेलाई दीर्घकालीन रूपले संरक्षण गर्नको लागी नदीको माथिल्लो तटीय क्षेत्र, मध्य तटीय क्षेत्र तथा तल्लो तटीय क्षेत्र का समुदायहरूको बिचमा भावनात्मक तथा सकारात्मक विचारको विकास हुनु जरूरी छ । यस हरित अभियानले चुरे (मधेस) तराई क्षेत्रमा रहेका समुदाय र स्थानीय सरकारहरूलाई आबद्ध गरि बृहत वृक्षारोपण, समुदायको जीविकोपार्जन मुखी संरक्षण, एकीकृत जलाधार व्यवस्थापनको अवधारणा अनुसार कार्यक्रम, पारिस्थितिक प्रणालीको पुनस्र्थापना, विपद व्यवस्थापन, पारिस्थितिक प्रणालीमा आधारित कृषि, संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण र ज्ञान केन्द्रको अवधारणाका कार्यक्रम संचालन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्नेछ ।

२०७८ साल श्रावण ९ गतेको मितिबाट प्रदेश नं २ को महोत्तरी जिल्लाको गौशाला, बर्दिबास र भंगाहा नगरपालिकाबाट यो अभियान सुरू गरिएको छ । यस अभियानको प्रथम चरणमा ३ लाख बिरूवा वृक्षारोपण गर्ने प्रतिबद्धता हरित अभियान संचालन समितिले व्यक्त गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यसमा आबद्ध हुन चाहने सरोकारवाला संघ, संस्था, क्लब, समूहहरूलाई पनि यस अभियानमा जोडिन हामी आह्वान गर्न चाहन्छौं ।

हरित अभियान सम्पूर्ण मानव तथा प्रकृति बिचको स्वस्थ सम्बन्धलाई पुनस्र्थापित गराउने पहल हो र यसले समुदायले भोगीरहेका विभिन्न समस्याहरूलाई क्रमगत रूपमा निर्मूल पार्न सहयोग गर्दछ । वातावरणीय समस्याहरूको समाधान गर्नका लागि सरकारी क्षेत्रबाट मात्रै पहल गरेर सम्भव हुँदैन र यसलाई हरेक क्षेत्रले उत्तिकै प्राथमिकताका साथ अवलम्बन गर्नुपर्दछ । प्राकृतिक स्रोतमा आश्रित समुदायले भोगेका जलवायु परिवर्तनको विकराल समस्यालाई कुनै एक पक्षले मात्रै समाधान गर्न सम्भव छैन । यसको लागि सबै सरकारी, गैह्र सरकारी, निजी, नागरिक समाज, स्थानीय समुदाय, विद्यालयहरूले अभियान कै रूपमा लाग्ने समय भएको छ ।
गिरिराज मणि पोखरेल, प्रतिनिधि सभा सदस्य
मिती : श्रावण १० गते, २०७८

वि.सं.२०७८ साउन १० आइतवार १९:१३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...