back
CTIZAN AD

गण्डकी प्रदेशमा बढ्न थाल्यो कोरोना संक्रमित र मृत्यु हुनेको संख्या, एकैदिन ८ को मृत्यु ७१० संक्रमित

वि.सं.२०७८ साउन ११ सोमवार

699 

shares

११ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा सोमवार ८ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सोमवार कास्कीका ५ तथा बागलुङ, स्याङजा र नवलपरासीपूर्वका १\१ गरी ८ जनाको मृत्यु भएको हो । सोमवार थपिएका ८ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०६२ पुगेको छ । प्रदेशमा केही दिनयता मृत्यु हुनेको संख्या बढ्दै गएको छ आज कास्कीमा ५ जनाको मृत्यु भएको हो ।

त्यस्तै प्रदेशमा आज म्याग्दीमा ६, पर्वतमा ४३, गोरखामा १९, लमजुङमा २७, तनहुँमा ७९, कास्कीमा ३०४, वाग्लुङमा ३५, स्याङजामा ६० र नवलपरासीपूर्वमा १३७ जना गरी ७१० जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये ३६३ जना महिला र ३४७ जना पुरुष रहेका छन् । प्रदेशमा आइतवारको तुलनामा संक्रमित हुनेको संख्या झण्डै तीनसयले बढी हो ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार आज थपिएका मध्ये सबैभन्दा बढी संक्रमित कास्की र नवलपरासी पूर्वमा छन् । साथै प्रदेशमा आज ३७४ जना संक्रमणबाट मुक्त भएका छन् ।

सोमवार थपिएका ७१० जनासँगै प्रदेशमा हालसम्म ६५ हजार १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६० हजार ६३४ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल ३४०९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३११० जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा २९९ जनाको उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

No photo description available.

गण्डकी प्रदेशमा कोरोनाबाट थप ४४७ संक्रमित, ४ को मृत्यु, कुन जिल्लामा कति थपिए त आज ?

वि.सं.२०७८ साउन ११ सोमवार १७:३७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...