साउन ११, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ‘हेड काउन्ट’ गर्दा बहुमत केन्द्रीय कार्यकारिणी सदस्य यादव पक्षतिर देखिएसँगै आयोग पदाधिकारी बैठकले यादव पक्षलाई आधिकारिकता दिने फैसला गरेको हो ।
उनका अनुसार हेड काउन्ट गर्दा जसपाका ५१ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादव पक्षतिर ३४ र महन्थ ठाकुर पक्षतिर १६ देखिएका थिए । जेलमा रहेका रेशम चौधरीले कुनै पनि पक्षतिर आफुँलाई नराखी तटस्थता जनाएका थिए ।
योसँगै जसपामा देखिएको आधिकारिकता विवाद अन्त्य भएको छ । तर, निर्वाचन आयोगले आधिकारिकता नपाएको महन्थ ठाकुर पक्षका सांसदहरुको विषयमा भने मौनता जनाएको छ ।
वि.सं.२०७८ साउन ११ सोमवार १७:३१ मा प्रकाशित






























