back
CTIZAN AD

खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने क्रम बढ्दो

वि.सं.२०७८ साउन ११ सोमवार

630 

shares

११ साउन, खोटाङ । पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ ।

‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा जिल्लाको विभिन्न गाउँका १२ भन्दा बढी युवतीको मानमर्दन भएको पाइएको हो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’ नामक फेसबुक आइडीबाट फ्रेण्ड रिक्वेस्ट आयो । रिक्वेष्ट आएको फ्रेण्डलिष्टमा आफ्नै गाउँका दिदीबहिनी देखेपछि उनले पनि चिनजानकै मान्छे ठानेर एक्सेप्ट गरिन् । तर, त्यही अपरिचितको फ्रेण्डरिक्वेस्ट एसेप्टले गर्दा दाहाल थरकी युवतीलाई नसोचेको तनाव झेल्नु परेको छ ।

पटक–पटक आफ्नै तस्बिर राखेर अपशव्द प्रयोग गरेर ‘सेक्स्सुअल’ स्टाटस लेखेर टाइमलाईनमा राखिदिने र ट्याग गरिदिन थालेपछि उनलाई तनाव भएको हो । अहिले गाउँघरमा हिँडडुल गर्नै अप्ठ्यारो हुनेगरी आक्रमण हुन थालेको उनी बताउँछिन् ।

यसैगरी सोही ठाउँकी अर्का १९ वर्षीय र २१ वर्षीय युवती पनि ‘यो मायाको सागर’ नामको फेसबुक आइडीबाट पीडित छन् । ‘यो मायाको सागर’ नामको फेसबुक आइडीबाट तिनै युवतीको तस्बिर राखेर व्यक्तिगत मान, सम्मान र इज्जतमा दाग लाग्ने खालका शव्द प्रयोग गरेर आफन्तलाई ट्याग गरिदिने गरेका छन् । युवतीको टाइमलाइनमा राखिएका र ट्याग गरिएका सामग्री आफन्तसँग सँगै बसेर पढ्न सकिन्न ।

यतिमात्र कहाँ हो र रु ‘यो मायाको सागर’ नामक फेसबुक आइडीले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, रावाबेँसी गाउँपालिका–१ कुभिन्डेदेखि काभ्रेसम्मका दर्जनौँ युवती पीडित भएको गुनासो प्रहरीमा आएको छ । यस्ता किसिमको अश्लिल स्टाटसले समाजमा मुख देखाउनै असहज बनाएको पीडित युवतीको गुनासो छ ।

किशोरीहरुलाई फ्रेण्ड लिस्ट खोज्ने, रिक्वेष्ट पठाउने र त्यहीबाट तस्वीर तानेर आइडीमा पोष्ट गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए ।

पटकपटक अश्लिल पोष्ट गर्दा परिवारमासमेत तनाव सिर्जना भएको छ । नक्कली फेसबुक एकाउण्ट बनाएर युवतीको मानमर्दन गर्ने र सामाजिकरुपमा बेइज्जत गर्ने व्यक्तिको हालसम्म पहिचान भने भइनसकेको प्रहरीले जनाएको छ ।

“हाम्रो इज्जत र प्रतिष्ठामा प्रश्न चिन्ह उठेको छ । घर परिवार र समाजले हेर्ने दृष्टिकोणसमेत नकरात्मक बनेको छ । व्यक्तिगत जीवन व्यतित गर्नै समस्या बनाएको छ”, एक पीडित युवतीले भनिन्, “अब लजाएर चुप बसेर भएन । चुप लागेर बसिरह्यौं भने समाजले उल्टै हामीलाई नै नराम्रो ठान्ने रहेछ । थोरैले हामी निर्दोष छौँ भनेर बुझेका छन्÷बुझ्छन् । तर धेरैले त हामीलाई नै दोषी भनिरहेका छन् । हामी यसबाट उन्मुक्ति खोजिरहेका छौँ ।”

नक्कली फेसबुक आइडीबाट मानमर्दन गर्ने व्यक्तिको पहिचान एवं कारवाहीका लागि पीडित चार युवतीले जिल्ला प्रहरी कार्यालय खोटाङमा असार १२ गते र १९ गते निवेदन दिएका छन् । यस्तै, असार १३ गते प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौँमा पनि निवेदन दिएको उनीहरुले बताएका छन् । तर, हालसम्म दोषी पत्ता लाग्न सकिएको छैन ।

फेसबुक पीडितयुवतीले दिएको उजूरीको बारेमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए। “यो टेक्निकल कुरा भएकाले साइबर ब्यूरोसँग समन्वय गरेर काम भइरहेको छ ।

त्यो मान्छे बसेर चलाइरहेको स्थान पत्ता लागिसकेको छ”, उनले भने, “त्यो मान्छे विदेशमा भएकाले को हो भन्ने पत्ता लगाउन गाह्रो भइरहेको छ । त्यसको पहिचान गर्न इन्टरपोलमार्फत प्रयास गरिरहेका छौँ ।”

पीडित युवतीले नक्कली फेसबुक आइडीबाट आफ्नै तस्वीर राखेर अश्लिल स्टाटस लेखेको कुरा असार ११ गतेमात्र थाहा पाएको बताईन् । ‘यो मायाको सागर’ नामक फेसबुक आइडीबाट ‘पहिलो र दोस्रो भाग सकियो अब तेस्रो भाग आउँछ’ भनेर स्टाटस लेखेको पीडित युवती बताउँछन् ।

मेसेञ्जरमासमेत अश्लिल शब्द प्रयोग गरेर संवाद गर्ने गरेको पाइएको छ । यद्यपि, प्रहरीसम्म उजूरी पुगेपछि सो आइडी सञ्चालकले क्रमशः सबैलाई फ्रेण्डलिष्टबाट हटाउँदै लगेको बताइएको छ । एक युवतीको तस्वीरलाई प्रोफाइल पिक्चर बनाएका उनले हाल सो तस्वीर समेत हटाएका छन् ।
रासस

वि.सं.२०७८ साउन ११ सोमवार १७:२६ मा प्रकाशित

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...