१२ साउन, काठमाडौं । हाल देशैभरी मनसुनी वायुको प्रभाव रहेका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ साउन १२ मंगलवार ०८:५५ मा प्रकाशित






























