back
CTIZAN AD

काँग्रेसको क्रियाशिल सदस्यता छानविन समितिकाे प्रतिवेदन ‘नविकरण गर्ने भन्दा नयाँ धेरै’

वि.सं.२०७८ साउन १२ मंगलवार

585 

shares

१२ साउन, काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले पार्टीलाई बुझाएको प्रतिवेदनमा पुराना भन्दा नयाँ क्रियाशील सदस्यता बढी रहेको देखिएको छ ।

रमेश लेखक नेतृत्वको नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई बझाएको १३ पृष्ठको प्रतिवेदनमा नविकरण गर्ने भन्दा नयाँ क्रियाशील सदस्यता संख्या धेरै देखिएको हो । जसमध्ये काँग्रेसभित्र आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्य रहेको उल्लेख छ । त्यसमध्ये ४,०९,०३३ जनाको क्रियाशिल सदस्यता नविकरण गरिएको छ भने जम्मा ४,४३,६७८ जनालाई नयाँ क्रियाशिल सदस्यता प्रदान गरिएको छ । प्रतिवेदनले जनाए अनुसार नविकरण भन्दा गर्ने थपिने नयाँ क्रियाशिल सदस्यता धेरै रहेको छ ।

क्रियाशिल सदस्यता मध्ये पुरुष ६५३४३८ जना, महिला १९९९०९७ र अन्य १७६ जना रहेको जनाइएको छ । यो विदेशस्थित जनसम्पर्क समिति बाहेकको हो । जनसम्पर्क समितिहरुबाट केन्द्रमा प्राप्त हुन आएका क्रियाशील सदस्यता पार्टी विधानको धारा ४(९) बमोजिम गठन हुने सदस्यता व्यवस्था केन्द्रीय समितिले नियमावलीको नियम ८(२) बमोजिम हेर्ने भएकोले सो संख्यालाई यसमा नसमेटिएको बताइएको छ ।
समितिले बुझाएको प्रतिवेदनमा धनुषाको क्षेत्र नम्बर ४ र सर्लाहीको क्षेत्र नम्बर २ को विवाद मिल्न नसकेको उल्लेख छ । त्यस्तै बारा र सप्तरीको नयाँ सदस्यताबारे नेताहरुबाटै आवश्यक निर्णयका लागि समितिले अनुरोध गरेको छ ।

समितिले प्रतिवदेनमा दिएको निष्कर्ष र सुझावमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता नविकरण र वितरण सम्बन्धी वैधानिक प्रावधान स्पष्ट र व्यवस्थित भए पनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन गर्ने विषय सँधै चुनौतीपूर्ण रहँदै आएको बताएको छ । अधिवेशनको वर्षमै क्रियाशील सदस्यता सम्बन्धी कार्य गर्ने परम्परा बसेकाले पनि यो विषय बढी नै जटिल र विवादग्रस्त बन्ने गरेको ठहर गरिएको छ । यो कार्य अधिवेशनको मिति नजिकँदै गर्दा प्रारम्भ गरी हतारमा टुङ्ग्याउनु पर्ने परिस्थिति आउनु अत्यन्त असहज अवस्था हो । आगामी महाधिवेशन पछि पार्टी विधानको व्यवस्था अनुसारकै समयभित्रै क्रियाशिल सदस्यता सम्बन्धी कार्य प्रारम्भ र त्यसलाई नियमित गरी तोकिएको अवधि अनुसार नै वितरण बन्द गरिनु पर्ने सुझाव दिएको छ । साथै क्रियाशील सदस्य र मतदाताको हैसियत स्पष्ट छुटिने वैधानिक व्यवस्था गरिनु पर्ने बताइएको छ । कहि केन्द्रबाट क्रियाशिल सदस्यताको फारम जिल्लाहरुमा पठाउँदा बढी पठाउने प्रक्रिया पनि वैज्ञानिक र युक्तिसंगत नदेखिएको भन्दै स्पष्ट र वैज्ञानिक मापदण्ड बनाउन जरुरी रहेको सुझाव दिएको छ ।

 

वि.सं.२०७८ साउन १२ मंगलवार १४:१३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...