back
CTIZAN AD

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’, यस्ताे छ सुविधा

वि.सं.२०७८ साउन १२ मंगलवार

666 

shares

साउन १२, काठमाडाैं । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुका लागि ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’ ल्याएको छ।

बैंकले सोमबार विज्ञप्ति जारी गर्दै उक्त खाता निक्षेपकर्ताहरुलाई र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको जानकारी दिएको हो।

ग्राहकहरुले मात्र रु. १०० को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने बैंकले जानकारी दिएको छ।

साथै पहिलो वर्षको लागि निःशुल्क मोबाइल बैंकिङ्ग तथा निःशुल्क इन्टरनेट बैंकिङ्ग को सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैँकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ।

यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।

वि.सं.२०७८ साउन १२ मंगलवार १४:०२ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...