back
CTIZAN AD

माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग धाएका नेता फेरि सर्वोच्चमा

वि.सं.२०७८ साउन १३ बुधवार

654 

shares

साउन १३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोगमा धाएका नेकपा (एमाले)का नेताहरु फेरि सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । एमालेका नेताहरु बुधबार पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको निर्णयपश्चात उनीहरु एमाले तिर लागेका थिए । एमाले लागेका उनीहरुलाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।

माओवादी केन्द्रले कारबाही गरेको झण्डै ४ महिनापछि उनीहरु सर्वोच्च पुगेका हुन् ।

नेता टोपबहादुर रायमाझीको नामबाट दिइएको रिटमा माओवादी केन्द्र, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, निर्वाचन आयोग, संसद सचिवालय, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालगायतलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गरिएको छ । सर्वोच्चले रायमाझीको रिटलाई बिहीबारका लागि पेसीमा चढाएको छ ।

वि.सं.२०७८ साउन १३ बुधवार १५:११ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...