१३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने बताएका छन् ।
उपाध्यक्ष रावलले नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने बताएका हुन् ।
नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ।देश उपनिवेशकरण तर्फ धकेलिनेछ।यस्तो काम सरकार र पार्टीले नगरून्।यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।
— Dr. Bhim Rawal (@BhimRawal179) July 28, 2021
‘देश उपनिवेशकरण तर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।’ रावलले भनेका छन् ।
त्यसैगरी बुधबार भएको गठबन्धनको बैठकमा जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एमसीसी अनुमोदन गर्न खोजे गठबन्धन नै छाड्ने चेतावनी दिएको समेत बताइएको छ ।
वि.सं.२०७८ साउन १३ बुधवार १५:२३ मा प्रकाशित






























