back

टोपबहादुरलाई प्रश्न : तपाईँ कुन पार्टीको नेता ?

वि.सं.२०७८ साउन १३ बुधवार

201 

shares
NTC AD
Global IME AD

साउन १३, काठमाडाैं । नेकपा (एमाले)का पूर्वमाओवादी समूहका चार नेताले आफुँहरुको सांसद पद पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । उनीहरुले आफुँहरु माओवादी केन्द्रकै सांसद भएको भन्दै माओवादी केन्द्रले विना कारण कारबाही गरेको बताएका छन् । अदालतमा दायर गरिएको रिटमा नेताहरुले आफुँहरुलाई स्पपष्टीकरणको पत्रसमेत नदिई पार्टीबाट निष्काशन गरिएको बताएका छन् ।

सांसद पदबाट हटाएको झण्डै ४ महिनापछि सर्वोच्चमा गुहार माग्न पुगेका ४ जना मध्येका एक टोपबहादुर रायमाझीलाई संसार न्यूजले रिटबारे केहि जिज्ञासा राखेको छ । नेता रायमाझीसँग संसार न्यूजका सन्देश अर्यालले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :

सर्वोच्चमा पुनर्बहालीको माग गर्दै निवेदन दिन जानुभएछ । माओवादी छाडेर एमाले पुग्ने अनि हामीलाई पुनर्बहाली गर्नुपर्यो भन्न मिल्छ ?

तपाईँको प्रश्नप्रति असहमति जनाउँछौं । हामीले कहिले दल त्याग गरेका छौं ?

हामी त सांसद पनि जाने, मन्त्री पनि जाने, पार्टी पनि जाने अवस्थामा पुग्यौं नि त ! अब संसद त जनताले चुनेको प्रतिनिधि हो । प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छोडेर माओवादी बनाउँदा उनको संसद पद रहने, हाम्रो नरहने भन्ने हुन्छ र ?

तपाईँ नेकपा (एमाले) स्थायी समिति सदस्य होइन् ? सर्वोच्चको आदेशसँगै तपाईँहरु विधिवत एमालेमा प्रवेश गर्नुभएको होइन् ?

जुन दिन प्रचण्ड र ओली जी मिलेर पार्टी एकता भयो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाईयो म त्यतिखेरदेखिको स्थायी समिति सदस्य हो । तर, सर्वोच्चले हुँदै नहुने फैसला गरेर कसैलाई एमाले बन भन्यो, कसैलाई माओवादी बन भन्यो । यसरी तोकेर भन्दिनु जरुरी थियो कि थिएन् ? कतिपयका व्यक्तिगत इच्छाका कुरा पनि थिए । प्रचण्डले माओवादी केन्द्रलाई विघटन गराएर नेपाल कम्युनिष्ट पार्टी भनेका होइनन् र ? ओली जी पनि एमाले छोडेर नेकपा बनाउनु भएको होइन र ? उहाँहरुको इच्छा थियो गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी जहाँ थियो, जहाँ ओली जी प्रथम अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्थ्यो, हामी त्यहिँ बसिरह्यौं । तर, नेकपा (एमाले)को नवौं महाधिवेशनको प्रतिनिधिलाई मात्रै चिन्ने भयो । हामीलाई चिनेन ।

हामी त संसद पनि जाने, मन्त्री पनि जाने, पार्टी पनि जाने अवस्थामा पुग्यौं नि त ! अब संसद त जनताले चुनेको प्रतिनिधि हो । प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छोडेर माओवादी बनाउँदा उनको संसद पद रहने, हाम्रो नरहने भन्ने हुन्छ र ?

यी त, सर्वोच्चको फैसलाको बाध्यात्मक कार्यान्वयनको विषय भयो, तर तपाईँहरु त हिजो माओवादी केन्द्र खारेज हुनुपर्छ, माओवादी केन्द्र अवैध हो भन्दै जाने अनि आज हामी त्यहि पार्टीमा छौं, हाम्रो पद किन जाने भन्न मिल्छ ?

हामी जनताबाट चुनिएका प्रतिनिधि हौं । हामी तत्कालिन समय नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को साझा घोषणा–पत्रबाट चुनाव लडेका थियौं । हामी चुनिएको पनि सोही घोषणा–पत्रबाट हो । प्रचण्डजी चुनिएको माओवादीको मतबाट मात्रै होइन्, उहाँ एमालेको मत नपाइ जित्नुभएकाे हाेइन।

हामीले प्रचण्डसँग संगत गरेको करिब ३० वर्ष भयो । हामी युद्ध हुँदै शान्ती प्रक्रियामा आएको पनि १५ वर्ष भयो । योबीच हेटौंडामा एउटा कर्मकाण्डी महाधिवेशन भएको थियो । त्यसलाई पनि वैधानिक मान्ने हो भने त्यो भएको पनि ९ वर्ष भयो ।

होइन्, आफैं बनाएको देशको संविधान, कानुन, राजनीतिक दलसम्बन्धी ऐनअनुसार चल्नुपर्छ कि पर्दैन् ? पार्टी आफैं वैधानिक छैन्, हामी जनताबाट चुनिएका वैधानिक प्रतिनिधिलाई किन कारबाही गर्ने ?

यहाँ एउटा प्रश्न उठ्छ, तपाईँ अवैधानिक पार्टीको प्रतिनिधि हुने, अनि वैधानिक भएँ भन्ने ?

त्यसो भए उहाँहरुको पनि पद जानुपर्यो नि । हाम्रो मात्रै किन जाने ? हामीलाई मात्रै अवैधानिक किन ठह¥याउने ? उहाँहरु जे गरे पनि वैधानिक हुने अनि हामी अवैधानिक ?

तपाईँहरुले उठाईरहेका मागहरु आफैंमा निकै अन्यौंल बनाउने खालका देखिन्छन् । यस्ता माग उठाउँदा असहज लाग्दैन् ?

हामी जनताबाट चुनिएका प्रतिनिधि हौं । हामी तत्कालिन समय नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को साझा घोषणा–पत्रबाट चुनाव लडेका थियौं । हामी चुनिएको पनि सोही घोषणा–पत्रबाट हो । प्रचण्डजी चुनिएको माओवादीको मतबाट मात्रै होइन्, उहाँले एमालेको मत लिएर जितेको हो । उहाँहरु कसरी सहि र हामी गलत ? अर्को कुरा, हामी एमाले भएको कुनै प्रमाण नै छैन् । अनि हामी माओवादी नभएर के त ? तर, यहाँ हामी प्रचण्डका माओवादी चाहिँ हामी बनेनौं ।

फेरि विषय दोहोरियो, तपाईँ एमालेको स्थायी समिति सदस्य होइन् र ?

एमालेले स्थायी समिति सदस्य त भन्यो तर, सर्वोच्चले चिनेन । व्यवहारिक रुपमा एमालेको स्थायी समिति सदस्य भईयो तर, कानुनी रुपमा हुन सकिएन । सर्वोच्चले त कानून जान्छ, व्यवहार त चिन्दैन नि ! हामी एमालेमा एमालेका हौं भनेर बसेका छैनौं । हामी नेकपाका नेता पूर्वमाओवादी भनेर बसेका छौं । यस्तो अवस्थामा हाम्रो राजनीतिक भविष्य के ?

अनि अर्कोतिर, प्रचण्ड मात्रै माओवादी होइनन्, वैद्य पनि माओवादी हुन्, विप्लव पनि माओवादी हुन्, गोपाल किँराती पनि माओवादी हुन् । अनि हामी पनि माओवादी हौं ।

प्रधानमन्त्री नै परमादेशबाट हुने अवस्था छ, योभन्दा खिचडी त अर्को के हुन्छ र ? तर पनि सबैको विषय अन्यौंल बन्दा हाम्रो मात्रै त के रह्यो र ? प्रधानमन्त्री परमादेशबाट नियुक्ती हुने, प्रचण्डको पार्टी अवैधानिक, ओली जीको पार्टी सर्वोच्चले नचिन्ने, माधव नेपाल जी मेरो नेता देउवा र प्रचण्ड भन्ने । यहाँ कसको पार्टी के, कसको राजनीति कता ? के स्पष्ट छ र ?

यसरी त सबै विषय खिचडी देखियो त ?

के गर्ने त ? सर्वोच्चले सबै विषय खिचडी जस्तो बनाए पछि । कहिले एमाले बन भन्छ, कहिले माओवादी बन भन्छ । हाम्रो व्यक्तिगत स्वतन्त्रता पनि छैन् जस्तो गरिदियो ।

यता एमालेमा ‘जेठ २’ मा फर्किने विषय छ । कता जानुहुन्छ ?

साह्रै खिचडीको विषय बनेको छ । प्रधानमन्त्री नै परमादेशबाट हुने अवस्था छ, योभन्दा खिचडी त अर्को के हुन्छ र ? तर पनि सबैको विषय अन्यौंल बन्दा हाम्रो मात्रै त के रह्यो र ? प्रधानमन्त्री परमादेशबाट नियुक्ती हुने, प्रचण्डको पार्टी अवैधानिक, ओली जीको पार्टी सर्वोच्चले नचिन्ने, माधव नेपाल जी मेरो नेता देउवा र प्रचण्ड भन्ने । यहाँ कसको पार्टी के, कसको राजनीति कता ? के स्पष्ट छ र ?

सम्बन्धित समाचार

माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग धाएका नेता फेरि सर्वोच्चमा

वि.सं.२०७८ साउन १३ बुधवार १७:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD