back
CTIZAN AD

कोरोनाबाट थप ३,८४० संक्रमित, ३३ जनाको मृत्यु

वि.सं.२०७८ साउन १३ बुधवार

789 

shares

१३ साउन, काठमाडौं । नेपालमा आज ३,८४० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १०,८८६ पिसीआर र ४९२२ ऐन्टिजेन गरी १५ हजार ८०८ वटा नमुना परीक्षणमा ३,८४० जना संक्रमित थपिएका हुन् । नेपालमा केहि दिनयता दैनिक कोरोना संक्रमित हुनेको संख्या बढिरहेको पाइन्छ ।

काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ गरी उपत्यकामा आज उपत्यकामा ८५९ नयाँ संक्रमित थपिएका छन् । मंगलवारको तुलनामा उपत्यकामा आज संक्रमितको संख्या बढेकोे छ ।

नेपालमा हालसम्म ३५ लाख ७४ हजार ८६४ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३ लाख ४ हजार ५४६ गरी ३८ लाख ७९ हजार ४१० नमुना परीक्षणमा हालसम्म ७ लाख ४६ हजार ६५७ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो घण्टामा देशैभरी १,९९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १,९९३ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,७७१ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ । नेपालमा हालसम्म २९ हजार ४४४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

साउनयता संक्रमितको संख्या बढ्यो
नेपालमा साउन यता संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । दैनिक रुपमा सक्रिय संक्रमितहरुको संख्या बढ्दै गएको र यसलाई व्यवस्थापन गर्न गाह्रो हुने भएकाले तेस्रो लहर नआवोस् भन्नका लागि समयमै सबैले सचेत हुनुपर्ने र आ–आफ्नो ठाउँबाट तयारी गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ३,८९९ संक्रमित, २० जनाको मृत्यु

वि.सं.२०७८ साउन १३ बुधवार १७:०३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...