back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ३,८९९ संक्रमित, २० जनाको मृत्यु

वि.सं.२०७८ साउन १२ मंगलवार

837 

shares

१२ साउन, काठमाडौं । नेपालमा आज ३,८९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२,६६५ पिसीआर र ४०६३ ऐन्टिजेन गरी १७ हजार ५१८ वटा नमुना परीक्षणमा ३,८९९ जना संक्रमित थपिएका हुन् । नेपालमा केहि दिनयता दैनिक कोरोना संक्रमित हुनेको संख्या बढिरहेको पाइन्छ । सोमबारको तुलनामा आज संक्रमित हुनेको संख्या झण्डै २०० ले बढी हो ।

काठमाडौंमा ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १२३ गरी उपत्यकामा आज उपत्यकामा ७६५ नयाँ संक्रमित थपिएका छन् । सोमबारको तुलनामा उपत्यकामा आज संक्रमितको संख्या घटेको हो । आज काठमाडौंमा संक्रमित हुनेको संख्या सोमवारको तुलनामा २०० ले कमी हो ।

नेपालमा हालसम्म ३५ लाख ६३ हजार ९७८ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको २ लाख ९९ हजार ६२४ गरी ६३ लाख ६०२ नमुना परीक्षणमा हालसम्म ७ लाख ४२ हजार ९०१ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो घण्टामा देशैभरी १७७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १७७८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २० जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,७५८ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २८ हजार ८३६ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २५ हजार ९३८ र संस्थागत आइसोलेशनमा २,८९८ जना रहेका छन् ।

त्यस्तै हाल देशैभरीका अस्पतालका आइसीयुमा ६११ जना र भेन्टिलेटरमा १७१ जना उपचाररत रहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

आज देशैभरी थपिए ३,४२१ कोरोना संक्रमित, २५ जनाको मृत्यु

वि.सं.२०७८ साउन १२ मंगलवार १६:४५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...