back
CTIZAN AD

आज देशैभरी थपिए ३,४२१ कोरोना संक्रमित, २५ जनाको मृत्यु

वि.सं.२०७८ साउन ११ सोमवार

765 

shares

११ साउन, काठमाडौं । नेपालमा आज ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२,२४० पिसीआर र ५०३२ ऐन्टिजेन गरी १७ हजार २७२ वटा नमुना परीक्षणमा ३,४२१ जना संक्रमित थपिएका हुन् । नेपालमा केहि दिनयता दैनिक कोरोना संक्रमित हुनेको संख्या बढिरहेको पाइन्छ ।

काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ गरी उपत्यकामा आज उपत्यकामा ९९९ नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा पनि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको पाइएको छ ।

नेपालमा हालसम्म ३५ लाख ५१ हजार ३२३ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको २ लाख ९४ हजार ७६१ गरी ३८ लाख ४६ हजार ८४ नमुना परीक्षणमा हालसम्म ७ लाख ३९ हजार २३ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो घण्टामा देशैभरी १६६८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६६८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २५ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,७३८ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २७ हजार ९०८ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २५ हजार ९३ र संस्थागत आइसोलेशनमा २,८१५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थपिए २२३७ कोरोना संक्रमित, १८ को मृत्यु

वि.सं.२०७८ साउन ११ सोमवार १६:५७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...