back
CTIZAN AD

रिलायबल नेपाल लाइफको सिइओमा पुुनः लोहनी नै

वि.सं.२०७८ साउन १३ बुधवार

609 

shares

१३ साउन, काठमाडौं । रिलायबल नेपाल लाइफको सीईओ नारायणबाबु लोहनीको कार्यकाल थप गर्न बिमा समितिले स्वीकृति दिएको छ ।

साउन १ गते बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लोहनीको कार्यकाल थप गर्ने निर्णय गरेको थियो ।
कम्पनीले सीईओ लोहनीको कार्यकाल थप गर्दै स्वीकृतिका लागि बीमा समितिमा पत्र पठाएको थियो । बीमा समितिले लोहनीलाई सिईओ नियुक्त गर्न स्वीकृति दिएको हाे ।

सीइओ लोहनीको पहिलो ४ बर्षे कार्यकाल साउन १७ गते सकिँदैछ । कार्यकाल सकिनुअघि नै बीमा समितिले स्वीकृति दिएसँगै लोहनी थप ४ बर्षका लागि सिइओको जिम्मेवारीमा रहने भएका हुन् । उनले साउन १८ गतेबाट दोस्रो कार्यकाल सुरु गर्नेछन् ।

रिलायबल आउनु अगाडि लोहनी बैंक वित्तीय संस्थामा संलग्न थिए । स्थापनाकाल देखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृत सम्हालेका लोहनीले आफ्नो नेतृत्वमा कम्पनीलाई उत्कृष्ट बनाउन सफल भएका छन् ।

सिभिल इन्जिनियर लोहनीले व्यस्थापनमा स्नातकोत्तरको अध्ययन गरेका छन् । उनीसँग एम टेक इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी सर्भिस र बैंक वित्तीय संस्था र बीमा कम्पनीमा २ दशक काम गरेको अनभव छ ।

वि.सं.२०७८ साउन १३ बुधवार १६:१८ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...