१३, साउन, पोर्चुगल । गैरआबासिय नेपाली संघ (एनआरएनए एनसिसि) पोर्चुगलको आसन्न नर्बाचनका लागि रबिन अधिकारीको नेतृत्वमा बाम लोकतान्त्रिक गठबन्धन चुनाबमा होमिएको छ ।
अगष्ट १ तारिक अर्थत आगामी आइतबार सम्पन्न हुने निर्बाचनका लागि आई सी सी पदमा भिमसेन थापा, वरिष्ठ उपाध्यक्षमा सिता श्रेष्ठ ,उपाध्यक्षमा दिनेश भण्डारी र उमेश कुमार खड्का, महिला उपाध्यक्षमा दिपा काफ्लेले उममेद्वरी दिएका छन् ।
त्यस्तै महासचिवमा राज कुमार थापा, कोषाध्यक्षमा युवराज खनाल, सह कोषाध्यक्षमा नविन सापकोटा ,सचिवमा रवि अर्याल र राजेश दुलालले उम्मेद्वरी दिएका छन भने महिला संयोजकमा सीता ढकालले उम्मेद्वारी दिएकी छन् ।
गठबन्धनले भारी मतका साथ चुनाब जित्ने र प्रतिबद्धता पुरा गर्ने गठबन्धनका तर्फबाट कोषाध्यक्ष पदका उम्मेद्वार यूवराज खनालले जानकारी दिएका छन् ।
एनआरएनए आइसिसिको बिधानमा जुलाइ ३१ सम्म सबै ठाउँको अधिबेसन सम्पन्न गरिगरिसक्नु पर्ने व्यवस्था छ । त्यसका लागि एनआरएनए एनसिसिमा सबै तिर चुनाबि सरगर्मी बढेको छ भने कतिपय ठाउँमा निर्बाचन सम्पन्न भई परिणाम पनि सार्बजनिक भैरहेको छ ।
वि.सं.२०७८ साउन १३ बुधवार १६:५८ मा प्रकाशित






























