back
CTIZAN AD

लगातार वर्षाका कारण कारागार चुहिँदा कैदीबन्दीलाइ सास्ती

वि.सं.२०७८ साउन १३ बुधवार

564 

shares

१३ साउन, डोटी । राणाकालमा निर्माण गरिएको डोटी जिल्ला कारागार जीर्ण भई पानी परेर चुहिन थालेपछि कैदीबन्दीलाई निकै सास्ती भएको छ ।

अहिले लगातार वर्षा भइरहेका कारण पानी चुहिदा त्यहाँका कैदीबन्दी प्लाष्टिकको छानो हालेर रात बिताउन बाध्य छन् । जिल्ला कारागारका नाइके दीपेन्द्र जेठाराले भने, “बाहिर सामान्य पानी पनि पर्नु हुँदैन सबैभित्र छिर्छ, बढी पानी पर्दा भाँडाकुँडा थापेर सुत्नुपर्छ, थपिएको भाँडा भरिए पटक पटक पानी फाल्नु पर्ने अवस्था छ, सारै पीडा भयो ।”

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कारागार चुहिने भएकाले कैदीबन्दीलाई हिजोआज निकै समस्या भएको बताए । उनले भने, “भवन पुरानो छ, बेलाबेलामा पानी पर्दा चुहिन्छ, कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छौँ, बजेट आएको छैन ।” जेल प्रशासनले जीर्ण भएको कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा समस्या भएको हो ।

कारागारका छानामा राणाकालमा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको छ । “दिउँसो हामी बाहिर चौरमा हुन्छौँ, सामान्य हुरी चल्दासमेत सिलेट खसेर कस्को टाउकामा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको छ, पानी पर्दा चुहिन्छ, हाम्रा पीडा कसैले बुझेनन् ।” पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको नाइके जेठाराले जानकारी दिए ।

आर्थिक अभावले कारागारको जीर्ण भवन मर्मत हुन नसकेको कारागार प्रशासन प्रमुख लालबहादुर बोगटीले बताए । उनले भने, “भवन निकै पुरानो भएकाले छत चुहिन्छ, फर्समा पानी चुहिने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” कारागारमा कूल २५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ५९ कैदीबन्दी राखिएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण एउटै कोठामा १२ देखि १५ जनासम्म सुत्ने गरेका छन् ।

कैदीबन्दी बढी हुँदा खानेपानी र शौचालयको प्रयोगमा समेत समस्या आएको छ । खान र बस्न कुनै समस्या नभएको तर छत चुहिने भएका कारण रातभरि जाग्राम बस्न बाध्य भएको कैदीबन्दीको गुनासो छ । अर्का कैदीबन्दी नवराज बिनाडी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरुपमा बाँच्न पाउनुपर्ने अधिकार त सुनिश्चित गरिनुपथ्र्यो ।”

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जिल्ला कारागार मर्मतका लागि पहल भइरहेको जानकारी दिए । उनले भने, “जीर्ण कारागारले कैदीबन्दीलाई समस्या भएको रहेछ, कारागार मर्मत र चुहिने छाना छाउनका लागि तत्काल पहल हुन्छ ।”

कारागारको भौतिक संरचना तथा त्यहाँ राखिएका कैदीबन्दीको अवस्था बुझ्नका लागि हालै अनुगमनसमेत गरेका उनले मर्मतका लागि काम शुरु गरिने आश्वासनसमेत दिए ।

वि.सं.२०७८ साउन १३ बुधवार १६:४३ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...