१४ साउन, काठमाडौं । बागमती प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बुधवार थप ९ कोरोना संक्रमितको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार बुधवार ललितपुरका ५६, ८० र ६८ वर्षीय ३ पुरुष, काठमाडौंका ७८ वर्षीय पुरुष, चितवनकी ५३ वर्षीया महिला, नुवाकोटका ६३ वर्षीय पुरुष र ७ वर्षीय बालक गरी २ जना, रामेछापका ६० वर्षीय पुरुष र सिन्धुलीका ५५ वर्षीय पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।
बुधवार थपिएका ९ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०३१ पुगेको छ ।
त्यस्तै प्रदेशमा बुधबार गरिएको ७,५२० नमुना परीक्षणमा १४५४ जना नयाँ संक्रमित थपिएका छन् भने सोहि अवधिमा १०७७ जना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।
बुधवार थपिएका १०७७ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ७१ हजार ६० पुगेको छ भने कूल संक्रमित मध्ये ३ लाख ५६ हजार ६९० जना निको भइसकेका छन् ।
हाल प्रदेशका विभिन्न अस्पतालको आइसीयुमा २२८ जना र भेन्टिलेटरमा ८९ जनाको उपचार भइरहेको छ ।
वि.सं.२०७८ साउन १४ बिहीवार ०९:१५ मा प्रकाशित






























