back
CTIZAN AD

कमल थापा, महेश बस्नेत र गोकुल बास्कोटाहरूलाई मिलन पाण्डेको आग्रह

वि.सं.२०७८ साउन १४ बिहीवार

735 

shares

१४ साउन, काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले कमल थापा, महेश बस्नेत र गोकुल बास्कोटाहरुलाई खुशी नहुन आग्रह गरेका छन् ।

सो पार्टीकै अर्का संयोजक रविन्द्र मिश्रले संघीयता खारेज र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेपछि उत्साहित भएर आएका उनीहरुका अभिव्यक्तिलाई लिएर पाण्डेले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘ढुक्क हुनुहोस्, पार्टीले अनि देशले प्रतिगमन स्विकार्ने छैन, फेरी देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन, समाजलाई विभाजित गर्ने छैन, देशलाई फेरी व्यवस्था परिवर्तनको नाउँमा २०-२५ वर्ष पछाडि धकेल्ने छैन’ मिश्रको प्रस्ताव पार्टीको लाइन नभएको स्पष्ट पार्दै उनले भनेका छन् ‘त्यसैले, कमल थापाजीहरू, महेश बस्नेतजीहरू र गोकुल बास्कोटाजीहरू खुसी हुन जरुरी छैन।’

संयोजक पाण्डेले पार्टीको आधिकारीक धारणा स्पष्ट पार्न महाधिवेशनको घोषणा गर्ने बताएका छन् । आफूलाई साथीहरुबाट अब पार्टी कसरी अगाडी बढ्छ भनेर सोध्ने गरेको बताउँदै उनले १–२ दिनमा केन्द्रीय कमिटी बसी महाधिवेशनको घोषणा गर्ने जानकारी गराएका हुन् ।
उनले महाधिवेशनले पार्टीको स्थापना कालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रोग्रेसिभ बनाउने स्पष्ट नीति र कार्यक्रमहरू सहितको दस्ताबेज ल्याउने बताएका छन् ।

यसअघि  मिश्रको प्रस्ताव सार्वजनिक भए लगत्तै संयोजक पाण्डेले मिश्रको प्रस्ताव पार्टीको धारणा नभएको स्पष्ट पारेका थिए । विवेकशिल साझा पार्टीको घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी भएको बताउँदै विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी दृढ रहेको उल्लेख गरेका थिए ।

वि.सं.२०७८ साउन १४ बिहीवार ०९:१४ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...