back
CTIZAN AD

पोर्तुगलमा ‘नेपाली सोसियल एण्ड कल्चरल एसोशिएशन’ गठन

वि.सं.२०७३ फागुन ८ आइतवार

813 

shares

योगेन्द्र मिलन छन्त्याल, पोर्तुगल । जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा रहेका नेपालीहरुले ‘नेपाली सोसियल एण्ड कल्चरल एसोशिएशन’ को स्थापना गरेका छन् । जाम्बुजेइरा दु मारमा आज सम्पन्न भेलाले एशोशिएशनको स्थापना गरेको हो ।

भेलामा सहभागीहरुले पोर्तुगलमा रहेका संघ संस्थाहरु नेपाली मरेपछि लाश बुझ्ने,फोटो खिचेर फेसबुकमा ट्याग गर्ने, राजनीति गर्ने, हजारौ गुनासा हुँदा पनि एउटैसमस्याको निकास दिननसक्ने गरेको तीतो याथार्थ औल्याए । छलफलपछि सामाजिक तथा साँस्कृतिक क्रियाकलाप संचालन गर्ने, नेपालीहरुबीच सहयोग समन्वय र सद्भाव वृद्धि गर्ने, नेपाली र पोर्तुगीस समुदायबीच सेतुको काम गर्ने, नवागन्तुक नेपालीका लागि क्षमता अभिवृद्धि गर्नेलगायतका उद्देश्य राखेर एशोशियशन दर्ता गर्ने निर्णय गरिएको छ ।

एशोशियनका लागि २४ सदस्सीय कार्यसमितिको निर्विरोध चयन भएको छ । अध्यक्षमा भुपेन्द्र बस्नेत, उपाध्यक्ष वृहस्पति कँडेल, सचिव मधुसुदन सापकोटा, सह सचिव प्रकाश पौडेल, कोषाध्यक्ष पेम्छिरी शेर्पा र सह कोषाध्यक्षमा सुनिता कुँवर रहेका छन् । सदस्यहरुमा रुपेश शाह, सूर्य शर्मा, पुनम बानियाँ, नन्दलाल कँडेल (रामु), राजकुमार उप्रेती, बासु सत्याल, ङ्वाङ्ग दावा शेर्पा, लक्ष्मण शर्मा, दुर्गा मल्ल, जीवन थापा, प्रवीण गिरी, राजन गुरुङ, विश्व घिमिरे, दावा शेर्पा, विनोद मरासिनी, डम्मर खत्री, बमबहादुर जीसी र निलकण्ठ घिमिरे रहेका छन् ।

संस्थाको विधान तयार गर्न प्रवीण गिरीको संयोजकत्वमा ४ सदस्सीय विधान मस्यौदा समिति बनाइएको छ । मस्यौदा समितिमा रुपेश शाह, सूर्य शर्मा र राजकुमार उप्रेती सदस्य रहेका छन् । संस्थाका लागि आर्थिक संकलन उपसमितिमा पेमछिरी शेर्पा संयोजक, दुर्गा मल्ल, नन्दलाल कँडेल, ङ्वाङ्ग दावा शेर्पा, रोशन तामाङ, विनोद मरासीनी र लक्ष्मण शर्मा सदस्य रहेका छन् ।

भेलाले राजन गुरुङ संयोजक र काजीमान गुरुङ उपसंयोजक रहेको खेलकूद उपसमिति र लक्ष्मण शर्मा संयोजक र दीपकराज गुरुङ उपसंयोजक रहेको साँस्कृतिक उपसमिति पनि गठन गरेको छ । भेलामा भुपेन्द्र बस्नेत, योगेन्द्रमिलन छन्त्याल, वृहस्पति कँडेल, प्रभास चौलागाईं, रुपेश शाह र प्रकाश पौडेललगायतले आ–आफ्नो धारणा राखेका थिए । बासु सत्यालले कार्यक्रमको संचालन गरेका थिए ।

वि.सं.२०७३ फागुन ८ आइतवार ०८:४४ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...