साउन १४, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुसँगको भेटघाटलाई तिव्रता दिएका छन् । मन्त्रिपरिषद विस्तारको तयारी भईरहेका बेला उनले दौडधुपलाई तिव्रता दिएका हुन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवासमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका प्रचण्डले लगत्तै माधव नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । प्रचण्डले माधवसँग केहिबेर कुराकानी गरेर निस्किएका थिए ।
बताइएअनुसार उनले मन्त्रिपरिषद विस्तारका विषयमा भईरहेको तयारीबारे राय लिन नेपाललाई भेट्न पुगेका हुन् । उनी माधव पक्षलाई पनि सरकारमा सहभागि गराउने तयारीमा छन् ।
बुधबार देउवाको पक्षमा मतदान गर्ने एमालेका २२ सांसदहरुले सरकारमा सहभागी हुनुपर्ने सुझाब नेता नेपाललाई दिएका थिए । तर, कानुनी जटिलताको कारण उनी समस्यामा छन् ।
वि.सं.२०७८ साउन १४ बिहीवार १५:२७ मा प्रकाशित






























