१४ साउन, काठमाडौँ । साताको अन्तिम दिन बिहिबार सेयर बजारमा (नेप्से) मा दोहोरो अकंको गिरावट आएको छ । आज नेप्से १५ दशमलब १३ अकंले घटेर ३०७९ दशमलब ८२ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ३ दशमलब ४७ अकंले घटेर ५७० दशमलब ८५ अकंमा पुगेको छ ।
सेयर बजारमा गिरावट आएसँगै होटल्स/पयर्टन र विकास बैंक बाहेक सबै कम्पनीको सूचक ओरालो लागेको छ ।
आज कुल सूचिकृतमध्ये २१७ कम्पनीको १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैंया बराबरको १ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ६ हजार ६ सय ८२ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा गुडविल फाइनान्स, हिमालयन डिष्टिलरी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन जनरल इन्स्योरेन्स, रिडी हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा लक्ष्मी इक्यूटी फण्ड, एनआईबिएल प्रगती फण्ड, एनएमबी ५०, एनआईसी एशिया ब्यालेन्सड फण्ड लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सेयर बजारमा भारी अकंले गिरावट आउदाँ पनि रिडी हाईड्रोपावर कम्पनीका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले ९.९५ प्रतिशतले कमाएका छन । त्यस्तै जिवन विकास लघुवित, सप्तकोशी डेभल्पमेन्ट बैंक, युनाइटेड इदी मार्दी एण्ड आर बि हाईड्रोपावर, चन्द्रागिरी हिल्स लगायतका कम्पनीका लगानीकर्ताहरुले उच्च अकंले कमाउदाँ गुडविल फाइनान्स, माउन्टेन हाईड्रो नेपाल, जानकी फाइनान्स, जोशी हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरुले गुमाउनेमा परेका छन ।
आज भएको कारोबारमा ५९ कम्पनी लागनीकर्ताले कमाउदाँ १२२ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने २कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।
वि.सं.२०७८ साउन १४ बिहीवार १५:२९ मा प्रकाशित


























