back
CTIZAN AD

हजारौं गोर्खाहरुले ३१ जुलाईमा ‘टेन डाउनिङ स्ट्रिट’ घेराउन गर्ने, उपस्थित हुन आव्हान

वि.सं.२०७८ साउन १४ बिहीवार

897 

shares

२८ जुलाई, युके । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले ३१ जुलाईका दिन हजारौं गोर्खाहरुको उपस्थितिमा ‘टेन डाउनिङ स्ट्रिट’ घेराउ गर्ने भएको छ ।

गोर्खाहरुको हकअधिकार तथा नेपाल र नेपालीको स्वाभिमानका लागि बेलायत सरकारसँग पटक–पटक विभिन्न माग राखी आन्दोलन गर्दै आएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले गत २१ जुलाईबाट लन्डनको टेन डाउनिङ स्ट्रिट’ मा १३ दिने रिले अनसन आरम्भ गरेका छन । उनीहरुले आफ्ना माग सम्बोधन गराउनका लागि दवाव स्वरुप ३१ जुलाईमा हजारौंको संख्यामा उपस्थिति भएर ‘टेन डाउनिङ स्ट्रिट’ घेराउ गर्ने बताएका छन् ।

संघर्ष समितिले पूर्वस्वघोषित कार्यक्रम अनुसार १३ दिने रिले अनशन सम्पन्न भइसक्दा पनि माग सम्बोधन नभए संघर्ष समितिका ज्ञानराज राई, धन बहादुर गुरुङ र श्रीमती पुष्पा राणा घलेले स्वनिर्णयबाट आमरण अनशन बस्ने चेतावनी समेत दिएका छन् ।

‘यसै सिलसिलामा, आमरण हनसनसम्म नपुगि बेलायत सरकारद्धारा माग सम्बोधन गराउन ब्रिटिश भेट्रानका दर्जन बढी संस्थाहरु लगायत बेलायती नागरिक समाज साथै संचारकर्मीहरुले संयुक्त रुपमा स्वतस्फूर्त रुपमा आगामी ३१ जुलाई २०२१ शनिबार बिहान ११ बजे हजारौंको संख्यामा उपस्थित भई ‘टेन डाउनिङ स्ट्रिट’घेराउ गर्न ससक्त कार्यक्रम तय गरेका छन् ।’ संघर्ष समितिद्धारा जारी बिज्ञिप्तमा भनिएको छ ।

No description available.

वि.सं.२०७८ साउन १४ बिहीवार १५:३६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...