back
CTIZAN AD

इकोटोरियल गुयानामा बिष्णुहरि सेढाई अध्यक्ष निर्बाचित

वि.सं.२०७८ साउन १४ बिहीवार

726 

shares

२९ जुलाई, मालाबो, अफ्रिका । पश्चिमी अफ्रिकास्थित समुन्द्र छेउमा रहेको सानो मुलुक इकोटोरियल गुयानामा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समितीको बुधबार सम्पन्न तेश्रो बार्षिक साधारणसभाले बिष्णु हरि सेढाईलाई सर्बसम्मतिले अध्यक्ष निर्वाचित गरेको छ ।

निर्वाचन संयोजक तथा निवर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईका अनुसार निर्बिरोध निर्वाचित कार्यसमितिमा सुमन बिके उपाध्यक्ष, लवकुमार थपलिया महासचिव, प्रतीक थपलिया कोषाध्यक्ष र मानबहादुर कार्की, किशोर साह, कृपा शर्मा र बासुदेब सेढाई कार्यसमिति सदस्यमा निर्बाचित भएका छन् ।

केन्द्रिय अनुगमनकर्ता रमेश प्रसाद त्रिपाठीका अनुसार उक्त सभामा मालाबो तथा बाटा शहरमा बसोबास गरिरहेका नेपालीहरुले प्रत्यक्ष एबम जुमका माध्यमबाट सहभागिता जनाएका थिए ।

सभामा बार्षिक कार्य प्रगती विवरण र आर्थिक प्ररिबेदनमा समेत छलफल गरि पारित गरिएको थियो ।

निर्वाचन संयोजक एबम निबर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईले नवनिर्बाचित अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराई कार्यभार हस्तान्तरण गरेका थिए ।

अट्ठाइसहजार बर्गकिलोमिटर क्षेत्रफल र चौध लाख जनसंख्या रहेको इकोटोरियल गुयानाप्रति ब्यक्ति आयको हिसाबले अफ्रिकाकै सम्पन्न देश हो । जसको प्रति ब्यक्ति आय युएसडी २१,४४२ रहेको छ । यसले कच्चा तेल, काठ, कफी र कोका निर्यात गर्छ ।

वि.सं.२०७८ साउन १४ बिहीवार १५:५६ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...