१४ साउन, काठमाडौँ । अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई तीन दिने स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अमेरिकामा रहेकी छोरीको नाममा ११ हजार ९ सय कित्ता शेयर किनेको समाचार संचारमाध्यममा आएको थियो ।
‘विभिन्न संचार माध्यममा प्रकाशित तहाँ बोर्डसंग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । संचार माध्यममा आएका उक्त विषयवस्तुको समबन्धमा सत्य तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण ३ (तीन) भित्र यस मन्त्रालयमा उपलब्ध गराईदिनि हुन आदेशानुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।

वि.सं.२०७८ साउन १४ बिहीवार १६:०० मा प्रकाशित


























