साउन १५, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीले नेपालीहरु दरिद्र नभएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जताबाट आए पनि प्रस्तावप्रति ध्यान दिनुपर्ने बताए ।
उनले आफ्नै पार्टीबाट प्रधानमन्त्री बनेका देउवाप्रति पनि सशंय रहेको बताए । ‘प्रधानमन्त्री शेरबहादुरजीलाई शुभकामनाका, साथमा केही सशंय पनि छन्, मभन्दा पूर्ववक्ता (भीमरावल)ले एउटा सम्झौतालाई केन्द्रमा राखेर गम्भीर वक्तव्य दिनुभयो, उक्त सन्धीको प्रयास अमेरिकाबाट आएको छ’, गिरीले भनेका छन्, ‘यस्तै प्रस्ताव भारत वा चीनबाट आउला वा आइसकेको होला । हामी गरिब छौँ तर, दरिद्र छैनौँ । स्रोत सम्पन्न छौँ ।’
नेता गिरीले विदेश नीतिमा सबै दलहरुको साझा र स्पष्ट नीति हुनुपर्ने बताए ।
‘सबै दलहरु साझा विदेश नीतिमा प्रति प्रतिबद्ध हुँदैनन्, एकअर्कालाइ उचा देखाएर मुखको तितो मात्रै पौख्छौँ’ उनले भने, ‘माल पाएर चाल नपाएर अगाडि बढिरहेका छौं । मुलुकभित्र हेरेका छैनन्। बाहिर मात्रै हेरेका छन् । पहिले हामी साझा दृष्टिकोण बनाऔं ।
वि.सं.२०७८ साउन १५ शुक्रवार १५:१२ मा प्रकाशित






























