१७ साउन, काठमाडौँ । शनिबार एकै दिन झण्डै ३ लाखले कोभिड विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार २०७८ साउन १६ गते शनिबार मात्रै २ लाख ८० हजार ९ सय ४१ जनाले कोभिड-१९ प्रतिरोधी खोप लगाएका छन् ।
यससँगै, कुल ५६ लाख ८२ हजार ६ सय २७ जनामा खोपको पहुँच पुगेको छ ।
वि.सं.२०७८ साउन १७ आइतवार ०९:२९ मा प्रकाशित






























