साउन १७, काठमाडौं । पार्टी विवादबारे ठोस निर्णय गर्न नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा पार्टी विवाद समाधानका लागि कार्यदलले दिएको सुझाबबारे ठोस निर्णय हुनेछ । साथै माधवकुमार नेपाल पक्षले राख्दै आएका एजेण्डाबारे पनि बैठकले ठोस निष्कर्ष दिनेछ ।
साथै पार्टी महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरणका विषयमा पनि छलफल गर्ने कार्यसूची तय भएको बताइएको छ ।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘माधव पक्षलाई अब धेरै नपर्खिने’ बताएका थिए । उनले एमाले विवादमा अल्झिएर बस्न नहुने बताएका छ । बताइएअनुसार माधव पक्ष बिना नै आजको बैठकसँगै एमाले अगाडि बढ्ने खाका तयार गर्नेछ ।
वि.सं.२०७८ साउन १७ आइतवार ११:४८ मा प्रकाशित






























