back
CTIZAN AD

गुरुङ भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना

वि.सं.२०७८ साउन १७ आइतवार

600 

shares

१७ साउन, मुग्लिन । गुरुङ (तमू) जातिको भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ ।

गुरुङहरुको साझा छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू (गुरुङ)  मातृभाषा कक्षा सञ्चालननका लागि अक्षयकोष स्थापना गरेको हो ।

पुस्तान्तरणसँगै भाषा लोप हुँदै गएको भन्दै देशभर रहेका गुरुङ समुदायलाई आफ्नो मातृभाषा सिकाउने उद्देश्यले परिषद्ले ‘तमू (गुरुङ) को मातृभाषा कक्षा सञ्चालन अक्षयकोष–२०२१’ स्थापना गरेकोे परिषद्का अध्यक्ष रेशम गुरुङले बताए ।

कोष स्थापनाका लागि मुख्य दाताका रूपमा (तमू) गुरुङहरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार, परम्परा आदिको अध्ययन, अनुसन्धान गर्न र सोको संरक्षण, संवद्र्धन र विकास गर्ने उद्देश्यले कोरियामा स्थापना भएको तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले रु तीन लाख आर्थिक सहयोग गरेको छ ।

उक्त रकम शनिबार साँझ जुम भर्चुअलमार्फत एक कार्यक्रमको आयोजना गरी कोषका मुख्यदाता ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले परिषद्लाई हस्तान्तरण गरेको परिषद्का केन्द्रीय अध्यक्ष रेशमले जानकारी दिए ।

उनका अनुसार परिषद्ले उक्त अक्षयकोष मूल धन खर्च नहुने गरी प्राप्त आम्दानीबाट देशका विभिन्न तमू गाउँमा आवश्यकतानुसार तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालन गर्नेछ ।

यसैबीच अक्षयकोष सञ्चालनका लागि परिषद् र ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाबीच एक सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । हस्ताक्षरपत्रमा परिषद्का अध्यक्ष रेशम र ख्यङ्गसाङ्गनाम्दोका अध्यक्ष अनिश गुरुङले हस्ताक्षर गरेका छन् ।

पछिल्लो समय गुरुङ समुदायमा आफ्नो भाषा, धर्म, संस्कृति वेषभुषा लोप हुँदै गएपछि विभिन्न गुरुङ सङ्घसंस्थाले संरक्षणका लागि जोड दिएका छन् ।

वि.सं.२०७८ साउन १७ आइतवार ११:५२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...