१९ साउन, काठमाडौँ । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
केपी ओली नेतृत्वको सरकारले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २०७६ चैत ९ गते उक्त आयोग गठन गरेको थियो । २०७७ माघ १५ देखि जिल्लामा समेत गठन गरिएको थियो। आयोगको जिल्लाहरुमा गठन भएका संरचनाकोसमेत खारेज गरिएकाे छ ।
वि.सं.२०७८ साउन १९ मंगलवार १९:२७ मा प्रकाशित






























