back
CTIZAN AD

अमेरिकामा दुई दिनमा दुई नेपाली युवाको मृत्यु

वि.सं.२०७८ साउन २० बुधवार

669 

shares

४ अगस्त, अमेरिका । अमेरिकामा दुईदिनमा दुई नेपाली युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा न्युयोर्कवासी २८ वर्षीय बिपिन लम्सालको जुलाई २७ र विसकनसिनमा २२ वर्षीय सृजन कुँवरको जुलाई २८ तारिखमा मृत्यु भएको हो ।

दुवैजना बेहोस भएका कारण मृत्यु भएको जनाइएको छ । कामबाट फर्किएर शौचालय गएका बिपीन त्यहि बेहोस भएका थिए भने सृजन स्टोरमा काम गरिरहेका बेला बेहोस् भएका थिए । दुवैजनालाई उपचारका लागि अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।

एनआरएनए अमेरिकाद्धारा जारी विज्ञप्ति अनुसार बिपिनको घर पर्वत र डिभी परेर अमेरिका गएका दक्षिणकालीका सृजन २०१९ देखि अमेरिकामा बस्दै आएका छन् ।
दुवै युवाको शब नेपाल पठाउनका लागि एनआरएनए अमेरिकाले सबैपक्षसँग समन्वय गरिरहेको बताएको छ । प्रवक्ता तोया दाहालका अनुसार लम्सालको शब नेपाल पठाउनका लागि एनआरएनए न्युर्योक च्याप्टरले गोफन्डमार्फत् आर्थिक संकलन गरिरहेको छ ।

त्यस्तै सृजनको शब पठाउनका लागि पनि मंगलवारदेखि गोफन्डमार्फत् रकम संकलन जारी गरिएको छ ।

एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीका अनुसार दुवै युवाको परिवारको अनुरोध अनुसार अमेरिकास्थित नेपाली दुतावास,मेरिल्यान्ड राज्यका विधानसभा सदस्य ह्यारी भण्डारी, न्युयोर्क र विसकनसिन च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागि परेको बताएका छन् ।

वि.सं.२०७८ साउन २० बुधवार ०९:१४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...