२० साउन, काठमाडौँ । अष्ट्रेलिया र बंग्लादेश बिचको पहिलो टि-२० मा बंग्लादेशले २३ रनले जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको बंग्लादेशले २० ओभर ७ विकेट गुमाएर १३१ रन बनाएको थियो । बंग्लादेशका लागि ब्याटिङ्गमा शाकिब अल हसनले सर्वाधिक ३६ रन बनाएका थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा जश हेजलवुडले सर्वाधिक ३ विकेट लिएका थिए ।
बंग्लादेशले दिएको १३८ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले पुरै २० ओभर खेल्दाँ पनि पुरा गर्न सकेन । अष्ट्रेलियाको टिमले २० ओभरमा १० विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि मिचल मार्शले ४५ रनको पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । बंग्लादेशका लागि बलिङ्गमा नसुम अहमदले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिएका थिए ।
जितसँगै बंग्लादेशले ५ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता लिएको छ ।
वि.सं.२०७८ साउन २० बुधवार ०९:२६ मा प्रकाशित





























