२५ साउन, न्युयोर्क अमेरीका । गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय उडसाईड, क्वीन्स न्यूयोर्कमा एनआरएनए अमेरीकाका नवनिर्वाचित पदाधिकारीहरुसँग भेटघाट गरिएको छ ।
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दी सागर सुवेदी, बरीष्ठ उपाध्यक्ष कृष्णजीवि पन्त, महासचिव अंजन चौलागाईं, ने.का. युवा नेता मुनिन्द्र नेम्वांग, समाजसेवी भरत थापा लगायतका विभीन्न महानुभावहरू र फाउन्डेशनका पदाधिकारीवीच विशेष भेटघाट एवं छलफल भएको हो ।
अध्यक्ष बुद्दि सागर सुवेदी लगायतका अतिथिहरूलाई फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे र पदाधिकारीहरूले खादा लगाई कार्यालयमा स्वागत गरेका थिए ।
सो भेटघाट कार्यक्रममा बोल्दै एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सागर सुवेदिले एनआरएनए अमेरीका सम्पुर्ण अमेरीकावासी नेपालीहरूको साझा संस्था भएको बताउँदै आगामी दिनहरूमा नेपालीहरूलाई आईपर्ने समस्याहरूको समाधानका लागी समुदायसँग हातेमालो गर्दै अगाडी बढ्ने विश्वास दिलाए । उनले आफ्नै कार्यकालमा न्युयोर्क वा अन्य कुनै उपयुक्त स्थलमा एनआरएनए अमेरिकाको स्थाई कार्यालय भवन बनाउन आफू लागिपरेको जानकारी गराए ।
वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्तले एनआरएन अमेरिकाको नवनिर्वाचित कार्यसमितिमा विभिन्न विचार र समुदायको प्रतिनिधित्व भएकोले सवैले मिलेर नेपाल र नेपालीका हकहितका लागी लागीपर्न अपील गरे । उनले फाउन्डेशनका सामाजिक गतिविधिवाट प्रभावित भएको र आवश्यक सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्दै यसै फाउण्डेशको कार्यालयको २ महिनाको भाडा सहयोग गर्ने घोषणा गरे ।
यसैगरी महासचिव अंजन चौलागाईंले आफु गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका लगायत विभीन्न नेपाली संस्थाहरूसँग हातेमालो गर्दै नेपालीजनको सेवामा लागि पर्ने बताए ।
गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेले फाउन्डेशन अमेरीका च्याप्टरले कोरोना कहरमा नेपाली लगायत अमेरीकावासी विभिन्न समुदायहरूलाई गरेको सहयोग दुनीयाले देखेको आफुहरू एक निःस्वार्थ टीम वनाई अमेरीकाको मुलधारका राजनितीज्ञसँग सहकार्य गर्दै सबै समस्याहरूको यथासक्य समाधान खोजी भविष्यमा वृहत योजनासहित अझै धेरै सामाजीक कार्यमा लागिपर्ने बताए । उपाध्यक्ष सुवर्ण लामाले गिरीजावावुले भनेझैं सहमती, सहकार्य र एकता नै आजको आवश्यकता भएको प्रष्ट पारे ।
यसैगरी महासचिव छिरिंग राप्के लामाले एनआरएनए को नयाँ कार्यसमिति समक्ष विभिन्न चुनौती र अवसर भएको र सोको फाईदा उठाई अगाडी बढन सुझाव दिए। प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले यो कार्यसमितिले नमुना काम गरेर देखाउन सुझाव दिए ।
कार्यसमिति सदस्य प्रेम अधिकारी क्षेत्रीले एनआरएनए प्रती सबैको आस्था र विश्वास रहने वातावरण वनाउन अनुरोध गरे ।
कार्यसमिति सदस्य ध्रुव क्षेत्री कुँवरले नेपाली समुदायको छाता संस्था एनआरएनए अमेरीका सबैको विस्वासको केन्द्र हुनसकोस् भनी सुभेच्छा प्रकट गरे । यसैगरी कार्यसमिति सदस्य चुन्डी शेर्पा र युवा नेता राजु रौनीयारले उनीहरूको सफल कार्यकालको शुभकामना दिए ।
वि.सं.२०७८ साउन २५ सोमवार १०:२६ मा प्रकाशित




























