back
CTIZAN AD

वनमा फलफूलका बिरुवा रोपण

वि.सं.२०७८ साउन २६ मंगलवार

657 

shares

२६ साउन, बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित न्यौपाने गाउँका होमनाथ न्यौपानेले सोमबार थुम्कीडाँडा सामुदायिक वनमा एभोकाँडोको बिरुवा रोपेका छन् ।

गाउँमा नै फलफूल नर्सरी राखरेर वार्षिक ३०/३५ हजार आम्दानी गर्दै आएका उनले सामुदायिक वनमा पनि फलफूल रोप्न पाएकोमा खुशी व्यक्त गरे । उनले मात्रै होइन, सो सामुदायिक वनका अन्य उपभोक्ताले पनि कागती, तेजपात र एभोकाँडोका बिरुवा रोपेका छन् । आम्दानीको स्रोत फलफूल भएकोले बिरुवा रोपण उपलब्धिमूलक हुने उनको आशा रहेको छ ।

‘सामुदायिक वन राष्ट्रिय दिवस २०७८’ को अवसरमा डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासङ्घ काभ्रेपलाञ्चोकको समन्वयमा थुम्कीडाँडा सामुदायिक वनमा कागती, तेजपात र एभोकाँडोको बिरुवा रोपिएपछि उनी पनि सो बिरुवा रोपणमा सहभागी भएको हुन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य शान्ता न्यौपानेले जल, जमिन र जङ्गलबिना मानव समुदाय बाँच्न नसक्ने भएकाले तीनै वटा चिजको संरक्षण एवं व्यवस्थापनमा सबै समुदायको उत्तिकै जिम्मेवारी भएको बताए । सामुदायिक वनमा लगाएको फलफूलको बिरुवा जोगाउने जिम्मेवारी सबैको भएकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।

डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख देवीचन्द्र पोखरेलले सामुदायिक वन व्यवस्थित ढङ्गले सञ्चालन हुँदै आएको ४० वर्ष वितिसकेकोले समय र परिस्थितिअनुसार समावेशी, समानुपातिक र पछाडि पारिएका समुदायलाई पनि समावेश गर्नुपर्ने साथै सुशासनलगायतका विषयलाई समेटेर काम गर्दै आएको बताए । वन संरक्षण गर्ने मात्रै नभइ त्यसबाट आम्दानी लिनका लागि फलफूलको बिरुवा रोप्न आवश्यक रहेको बताउँदै सबै सामुदायिक वन उपभोक्ता समिति सक्रिय भएर लाग्न समेत आग्रह गरे ।

सो क्रममा पनौती नगरपालिका–११ का वडाध्यक्ष तारामान लामाले बिरुवा रोपण गरेर राम्रो आम्दानी गर्न सकेको खण्डमा थुम्कीडाँडा सामुदायिक वन सबैको लागि पर्यटनको केन्द्र बन्नसक्ने सम्भावना रहेकोले त्यसको आवश्यक पूर्वाधार तयार पार्दै अगाडि बढ्न आवश्यक रहेको बताए । नगरपालिकाले पनि थुम्कीडाँडामा वनभोज गर्ने स्थल निर्माणको लागि आवश्यक पूर्वाधार निर्माण गर्ने विषयमा छलफल भइरहेको लामाको भनाइ छ ।

‘सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति’ भन्ने नाराका साथ पहिलो पटक कागतीको बोट २००, तेजपात १०० र एभोकाँडो २० वटा बोट रोपिएको डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत गौरव भट्टले बताए । आवश्यकताको आधारमा थप फलफूलको बिरुवा उपलब्ध गराउने उनले बताए ।

वि.सं.२०७८ साउन २६ मंगलवार १२:५९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...