२६ साउन, काठमाडौं । सभामुख अग्नि सापकोटाले भारतीय पक्षले तुइन काटिदिएका कारण महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सभामुख सापकोटाले नेपालबाट भारत जाने क्रममा तुइनवाट महाकाली नदी पार गर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएका धामीको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त घटनाको सत्य तथ्य पत्ता लगाइ घटनाको विस्तृत विवरणसहितको जानकारी यथासक्य प्रतिनिधिसभामा दिन सरकारलाई रुलिङ गरेका हुन् ।
वि.सं.२०७८ साउन २६ मंगलवार १४:१० मा प्रकाशित






























