back
CTIZAN AD

लुम्बिनी बाणिज्य क्याम्पसलाई त्रिविबाटअलग्याउने निर्णयको विरोधमा विद्यार्थीद्वारा कलेज तोडफोड

वि.सं.२०७८ साउन २६ मंगलवार

546 

shares

२६ साउन, बुटबल । बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयबाट अलग्याई स्वायत्तताको नाममा गरिब विद्यार्थीको पहुँच बाहिर लैजाने कार्यको विरोध गर्दै त्यहाँका विद्यार्थीले प्रशासन कक्ष तोडफोड गरेका छन्।

सो क्याम्पसका प्रमूखले आफ्नो निजी क्याम्पस चलाएको र यो कलेजलाई यसरी महँगो बनाएर विद्यार्थीलाई आफूले खोलेको कलेजमा जान बाध्य पार्ने षडयन्त्र गरिरहेको भन्ने आन्दोलतरत विद्यार्थीहरूको आरोप छ।

सत्तारुढ दलकै विद्यार्थी संगठन लगायतका विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै स्वायत्त परीक्षा सञ्चालक समितिको निर्णय खारेज गर्न माग गरेका छन् ।

एमबिएसको प्रवेश परीक्षा फारम खुलाएर भर्ना प्रक्रिया अगाडि नबढाउँदासम्म स्वायत्तता अन्तर्गतको कुनै पनि प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडि बढाउन नदिने भनि संयुक्त विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दा गर्दै पनि क्याम्पस प्रशासनले बेवास्ता गरेका कारण विद्यार्थीहरुले क्याम्पस प्रशासनमा तोडफोड गरेको जनाएका छन् ।

त्रिवि अन्तरगतका कार्यक्रम हटाइ गरीब दुःखी विद्यार्थीहरुको पहुँच भन्दा बाहिरका कार्यक्रम मात्र संचालन गरि क्याम्पसलाई निजीकरण तिर लैजान खोजिएको भन्दै उनीहरुले शैक्षिक माफिया विरुद्ध साङ्केतिक आन्दोलन भएको जनाएका छन् । उनीहरूले आफूहरुको माग तत्काल सुनुवाइ नभए यो भन्दा कडा आन्दोलन गर्न संयुक्त विद्यार्थी संगठन बाध्य हुने बताएका छन् ।

लुम्बिनी बाणिज्य क्याम्पस अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष प्रशान्त बन्जाडेले सामाजिक सञ्जालमा लुम्बिनी बाणिज्य क्याम्पसबाट टियुको एमबिबिएस हटाउने र ती निजि क्याम्पसमा लगानी गर्ने व्यक्ति एउटै रहेको जनाउँदै आफ्नो शैक्षिक व्यापार बढाउनका लागि लुम्बिनी बाणिज्य क्याम्पसलाई धराशायी बनाउन नपाइने बताएका छन् ।

स्वायत्त परीक्षा सञ्चालक समितिको निर्णय अनुसार भन्दै त्रिवि, स्वायत्तता कार्यक्रम अन्तर्गत सो कार्यक्रममा संचालित एमबिबिएस फाइनान्स र एमबिए बैंकिङ तथा फाइनान्स कार्यक्रमको प्रवेश परीक्षा फारम वितरणको सूचना जारी गरेको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १४:२५ मा प्रकाशित

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सिद्धार्थनगर (भैरहवा) । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको...

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...