२७ साउन, मुगु । नेपाल कम्यूनिष्ट पार्टी (माओबादी केन्द्र) ले मुगुमा संगठन निर्माण अभियान तिब्र रुपले अघि बढाएको छ ।
एमालेबाट अलग भएपछि मुगुका चारवटै स्थानीयतहको गाउँदेखि वडासम्म संगठन निर्माण र सुदृढीकरण अभियान संचालन प्रारम्भ गरेको छ । संगठन निर्माणको लागि जिल्लास्तरका माओबादी नेताहरु गाउँबस्ती घरदैलोमा खटिन थालेका छन् ।
चार बर्षसम्म एमाले पार्टीसंग एकता गरि अघि बढेको माओबादीलाई सर्बोच्च अदालतले अलग बनाइ दिएपछि शहरदेखि गाउँसम्म कमजोर बनेको संगठन ब्यूताउँन नेता देखि कार्यक्रमहरु तिब्र रुपले खटिएका छन् ।
एमाले पार्टीबाट अलग भएपछि प्रत्येक गाउँबस्तीमा संगठन निर्माण र सुदृढीकरण कार्यमा लागेको माओबादी केन्द्रका जिल्ला कमिटी अध्यक्ष सुकबीर बुढाले बताए ।
संगठन निर्माण प्रकृयामा जिल्लास्तरका नेतादेखि कार्यकर्ता गाउँमा खटिएको उनको भनाई छ । माओवादी केन्द्रले छायाँनाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकामा पालिका संगठन निर्माण पूरा गरेको उनी बताउँछन् ।

नगरपालिकामा केबल मल्ल, सोरु गाउँपालिकामा जयलाल मल्ल र खत्याड गाउँपालिकामा भरत शाहीलाई अध्यक्ष पदमा चयन गरि ४५ सदस्यीय पालिका संगठन निर्माण गरिएको माओबादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य मंगलबहादुर शाहीले जानकारी दिए ।
मुगुम कार्मारोङ गाउँपालिकामा भने संगठन निर्माण सुरु नभएको उनको भनाई छ । एमालेसँग एकता गर्दा माआवादी केन्द्र कमजोर भएको र अहिले नयाँ संगठन बिस्तार जस्तै भएको शाहीको भनाई छ ।
संगठन निर्माणको क्रममा माओबादीका जिल्लास्तरका नेता गाउँबस्तीमा जाँदा त्यहाँका कार्यकर्ताहरु एमाले सँगको एकता गर्नु नै पार्टी ध्वस्त बनाउने खेल भएको दुखेसो सुनाउने गरेका छन् ।
कांग्रेसका कार्यकर्ता पनि केन्द्रमा प्रवेश
संगठन निर्माणसंगै माओबादीले मुगुमा करिव ७० जना भन्दा बढी कांग्रेस एमालेतर्फका कार्यक्रतालाई आफनो पार्टीमा प्रबेश गराउन सफल भएको छ । जिल्लास्तरका स्थानीयतहमा दलित, महिला र बिधार्थीहरुको पनि संगठन बिस्तार गरिएको अखिल क्रान्तिकारी बिद्यार्थी संगठनका केन्द्रीय सदस्य नवराज कार्कीको भनाई छ ।
माओवादी केन्द्रले संगठन निर्माणसंगै वडास्तरमा संगठित सदस्यता नबिकरण पनि सुरु गरेको छ । संगठित सदस्यता नबिकरण भदौं १० गतेसम्म अन्तिम रुप दिने गरि तिब्र रुपले काम अघि बढाइएको माओबादी केन्द्रले जनाएको छ ।
एमाले पार्टीबाट अलग भएपछि माओवादी केन्द्रले १ सय २५ जनाको जिल्ला कमिटी निर्माण गरि गमगढीमा पार्टी कार्यालय खोलेर संगठन बिस्तार, सुदृढीकरण कार्यकर्ता भेटघाट लगायत कार्यलाई जोड दिइएको कर्णाली प्रदेश कमिटी सदस्य बिर्खबहादुर थापा (मानव प्रकाश) को भनाई छ ।
वि.सं.२०७८ साउन २७ बुधवार ११:४८ मा प्रकाशित






























