back
CTIZAN AD

एमाले एकताका लागि भीम आचार्यको ८ बुँदे अपिल, भने– १० बुँदेलाई बिना जालझेल लागु गर्नुपर्छ

वि.सं.२०७८ साउन २७ बुधवार

663 

shares

साउन २७, काठमाडौं । नेकपा (एमाले)का नेता भीम आचार्यले पार्टी एकताका लागि कार्यदलले निर्माण गरेको १० बुँदे सम्झौतालाई बिना शर्त लागु गर्नुपर्ने बताएका छन् । गत असार २७ मा भएको १० बुँदे सम्झौतालाई आधार मानेर मात्रै एमालेभित्रका विद्यमान समस्याहरु हल हुने बताए ।

बुधबार पार्टी एकता लागि ८ बुँदे अपिल जारी गर्दै उनले भनेका छन्, ‘गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकता को शुभारम्भ गर्दै थप समस्या हरु हल गर्दै जान सकिन्छ। विना जालझेल, छलछाम र हिचकिचाहट रुपमा यसलाई लागु गर्नु पर्दछ।’

आचार्यले एमालेमा एकताका पक्षधरमाथि निरन्तर आक्रमण गर्न थालिएको भन्दै गुनासो व्यक्त गरेका छन् । एमालेभित्र फुट र विभाजनकारी प्रवृत्ति हाबी हुँदा एकता पक्षधरमाथि आक्रमण गर्ने काम गरिएको उनको भनाई छ ।

‘हाल पार्टी एकता को कुरा गर्नेहरु माथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयास हरु भैरहेका छन्, त्यसबाट एकता पक्षधरहरु हतोत्साहित हुनु हुँदैन’, आचार्यले भनेका छन्, ‘टुट–फुट र विभाजन कारी प्रवृत्ति लाई हतोत्साहित गर्दै संगीन घडी मा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाई दिदी बहिनीहरुमा हार्दिक अपिल गर्दछु ।’

यस्तो छ आचार्यले गरेको ८ बुँदे अपिल

(१) एकातिर गत फागुन २८ गते बाट सुरु भएको विभाजन कारी प्रवृत्ति हरु कतिपय बोलि, बचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भैरहेका छन्।

(२) अर्कोतिर त्यो प्रवृत्तिको बिरोध मा पार्टी एकता को झण्डा उठाउनु पर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधि हरु विभाजनकै पक्षमा प्रकट भैरहेका हुन कि भन्ने आशंका बढेर गएको छ। 

(३) पक्ष २ वटा प्रवृति एउटै विभाजन कारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।

(४)दुनियाभरकै प्रतिक्रियावादी शक्ति हरु, देशभित्रका प्रतिगामी सत्ता च्युत तत्वहरु र राम्रो काम गरेर होईन अरुलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरीरहेको छ।

(५) नेकपा एमालेका देश बिदेशमा भयका लाखौं कार्यकर्ता,समर्थक,शुभचिन्तक तथा जनसमुदाय हरु नेपालको वामपन्थी आन्दोलन र नेकपा एमाले को एकता को पक्षका छन् तर उनीहरु पार्टी बचोस् भन्नै अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भयका छन र विडम्बना उनी हरु नेतृत्व विहिन पनि छन्।

(६) गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकता को शुभारम्भ गर्दै थप समस्या हरु हल गर्दै जान सकिन्छ। विना जालझेल, छलछाम र हिचकिचाहट रुपमा यसलाई लागु गर्नु पर्दछ।

(७) हाल पार्टी एकता को कुरा गर्ने हरु माथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयास हरु भैरहेका छन्। त्यसबाट एकता पक्षधरहरु हतोत्साहित हुनु हुँदैन।

(८) टुट–फुट र विभाजन कारी प्रवृत्ति लाई हतोत्साहित गर्दै संगीन घडी मा पुगेको पार्टी एकता को रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश(विदेशमा रहनुभएका सम्पूर्ण न्याय प्रेमी नेपाली दाजुभाई दिदी बहिनी हरु मा हार्दिक अपिल गर्दछु ।

वि.सं.२०७८ साउन २७ बुधवार १२:२५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...